Breaking News

ईयु प्रतिवेदनमाथि सांसदकै फरक धारणा

प्रकाशित मिति : १२ चैत्र २०७४, सोमबार २२:२१

Brand Cialis no rx, purchase dapoxetine. विराटनगर, १२ चैत । सांसदहरुले युरोपियन युनियनको विवादास्पद प्रतिवेदनबारे आधिकारिक धारणा सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।

सार्वभौम मुलुकको संविधान र चुनावप्रति निर्वाचन पर्यवेक्षणमा रहेको टोलीलाई बोल्ने अधिकार नभएको भन्दै उनीहरुले आधिकारिक धारणा सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

निर्वाचन पर्यवेक्षण सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै ईयूले निर्वाचन निस्पक्ष नभएको, निर्वाचन आयोग लाचार बनेको लगायत आरोप लगाएको थियो भने खसआर्यलाई आरक्षण दिने संवैधानिक व्यवस्था खारेज गर्न भनेको थियो ।

प्रतिवेदन सार्वजनिक भए लगत्तै परराष्ट्र मन्त्रालयले आपत्ति जनाएको थियो भने प्रधानमन्त्री केपी शर्मा ओलीले ईयूले हेप्न खोजेको भन्दै हिजो आक्रोस पोख्नु भएको थियो ।

प्रतिनिधिसभा बैठकको बिशेष समयमा आज बोल्दै एमालेका भीम रावल, माओवादी केन्द्रका देवेन्द्र पौडेल लगायतले नेपालको आन्तरिक मामिलामा ईयूले धावा बोल्न खोजेको भन्दै आक्रोस पोखेका थिए ।

राष्ट्रिय जनता पार्टी राजपा नेपालका लक्ष्मण लाल कर्णले भने ईयूको निर्वाचन पर्यवेक्षण सम्बन्धी प्रतिवेदन स्वागत योग्य रहेको प्रतिक्रिया दिनुभयो ।

यसैबीच, बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग सम्वन्धी अध्यादेश पेस भएका छन् ।

गत फागुनमा दुबै आयोगको समयावधी सकिएपछि कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले अध्यादेश मार्फत एक वर्षको म्याद थप गरेको थियो । राष्ट्रपतिद्वारा जारी अध्यादेश संसद्बाट ६० दिनभित्र प्रतिस्थापन नभए अध्यादेश स्वतः निष्क्रिय हुने भएपछि सरकारले आजको बैठकमा प्रतिस्थापन विधेयक प्रस्तुत गरेको हो ।

आज बसेको प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले दुवै आयोगको पहिलो संशोधन विधेयक टेवल गर्नुभएको हो । प्रतिनिधिसभाको अर्काे बैठक आगामी शुक्रवारका लागि बोलाईएको छ ।pharmacy

प्रकाशित मिति : २८ मंसिर २०७५, शुक्रबार ११:४४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३