प्रकाशित : १२ चैत्र २०७४, सोमबार २२:०५

विराटनगर, १२ चैत । order Revatio online cheap, acquire Zoloft. जिल्ला अदालत मोरङले कर्तव्य ज्यान तथा डाँका मुद्धामा सर्वश्वसहित जन्म कैदको फैसला सुनाइएका ४० वर्षीय मुन्ना मियाँ भारतमा ब्रोइलर कुखुरा फर्म संचालन गरेर बसेको पुष्टि भएको छ ।

विराटनगर १७ का उनलाई विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रानीको टोली हत्याको घटना भएको १७ वर्षपछि सोमबार पक्राउ गर्न सफल भएको छ । घटना भए यता उनी लुकिछिपी भारतका विभिन्न स्थानमा बस्ने गरेको र नेपालतर्फ भने नआउने गरेको प्रहरीले जनाएको छ । मियाँलाई जिल्ला अदालत मोरङले २०७० साल पुस २३ गते सर्वश्वसहित जन्म कैदको फैसला सुनाएको थियो । फैसला अनुसार उनले २० वर्ष जेल बस्नु पर्छ ।

उनले २०५७ साल मंसिरमा साविकको बुधनगर गाविस १ का ५० वर्षीय भोलाप्रसाद साहलाई गोली हानेर हत्या गरेका थिए । बुधनगर १ हाल विराटनगर महानगरपालिका १८ मा पर्छ । भोलाप्रसादका भाई शिवप्रसादको जाहेरीका आधारमा प्रहरीले त्यतिबेला मियाँ विरुद्ध कर्तव्य ज्यान तथा डाँका मुद्धा चलाएको थियो । अदालतले यो मुद्धाको फैसला नै घटना भएको १३ वर्षपछि गरेको थियो ।

भोलाप्रसादले जुवा खेल्दा मारेको पैसा लुट्ने योजना बनाएर उनको हत्या गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक सन्तोश निरौलाका अनुसार गोली हानेर हत्या गरिएपछि भोलाप्रसादको साथमा भएको रकम लुट्ने योजना बनाएर गोली प्रहार गरिएको रहेछ ।

घटनापछि मियाँ लामो समयदेखि भारतको जोगवनी ग्राम पञ्चायत १० टिकुलिया वस्तीमा कुखुरा फर्म संचालन गरेर बसिरहेको उहाँले बताउनुभयो । टिकुलिया वस्ती नेपाल–भारत सीमा क्षेत्रको दसगजा नजिकै पर्छ ।

‘नेपाल नआउने गरी भारतमै लुकिछिपी कुखुरा फर्म संचालन गरेर बसेको छ भन्ने सूचनाका आधारमा भारतीय प्रहरीको विशेष सहयोग लिएर मियाँलाई पक्राउ गरिएको हो,’ निरौलाले भन्नुभयोे, ‘प्रहरीबाट जोगिन हत्या गर्न साथ भारततर्फ भागेको पुष्टि भयो ।’ उनले नेपालबाट भागेपछि मियाँले भारतमा निर्वाध रुपमा कुखुरा फर्म खोलेर व्यापार व्यवसाय संचालन गरेर बसेको बताउनुभयो ।

निरौलाका अनुसार उनी नेपालबाट व्यक्ति हत्या गरेर फरार भएको र कैद सजायको फैसला सुनाइएका व्यक्ति भएको कुरा अहिले सम्म भारतीय प्रहरीले थाहा पाएको थिएन । नेपाल प्रहरीले पनि यस विषयमा जानकारी पाएको थिएन ।

हत्या गरेर भारततर्फ फरार भएका उनले त्यसको केही समयमै नाम र थर समेत परिवर्तन गरेर अर्को नेपाली नागरिकता लिएको जानकारी आए पनि पुष्टि भइनसकेको निरौलाले बताए । यस विषयमा थप अनुसन्धान सुरु गरिएको जानकारी उहाँले दिनुभयो । पक्राउ परेका मियाँलाई प्रहरीले आज नै जिल्ला अदालत मोरङमा पेश गरेको छ । उनलाई अदालतले कैद सजाय भुक्तानका लागि आज नै कारागार चलान गरेको छ ।pharmacy

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३