प्रकाशित : १२ चैत्र २०७४, सोमबार २२:०२

buy Malegra online, dapoxetine online. विराटनगर, १२ चैत । नोवेल मेडिकल कलेज विराटनगरका प्रबन्ध निर्देशक डा. सुनिल शर्माले क्यान्सर पीडित महिलालाई एक लाख रुपैयाँ सहयोग गर्नु भएको छ ।
स्तन क्यान्सरबाट लामो समयदेखि पीडित बनेकी मोरङको सुन्दरहरैंचा नगरपालिका १० की ३२ वर्षीय नन्दकुमारी मगरलाई घरमै पुगेर शर्माले सहयोग स्वरुप एक लाख रुपैयाँ सहयोग गरेको बताउनुभयो ।

मगरमा गत मंसिरमा स्तन क्यान्सर भएको पत्ता लागेको थियो । आफ्नो जग्गा जमिन नभएको र सुकुम्बासी बस्तीमा बस्दै आएको उहाँले बताउनुभयो ।

‘स्तन क्यान्सर भएको पत्ता लागे पनि पारिवारिक आर्थिक अवस्था कमजोर भएका कारण प्रभाववकारी उपचार गर्न सकिएको छैन,’ उहाँले भन्नुभयो्, ‘विहान बेलुका छाक टार्न नै धौधौ परिरहेको छ ।’ उहाँको भरतपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । थोरै भएको पैसा पनि उपचारमा सकिएपछि अहिले आएर थप समस्या भएको मगरले बताउनुभयो ।

दुई सन्तानकी आमा उहाँ पहिले चिया पसल संचालन गर्नुहुन्थ्यो । डा. शर्माले रकम अभावमा उपचार गर्न नपाएको सुनेपछि सहयोग गरेको बताउनुभयो । ‘बिरामी भएका बेला आर्थिक अभावले उपचार गर्न नसक्दाको पीडा मैले पनि भोगेको छु,’ उहाँले भन्नुभयोे, ‘मैले पनि पहिले रकम अभावमा बुबाको उपचार गर्न पाएको थिइँन ।’

शर्माले नोवेलमा उपचारका लागि आउने विपन्न बिरामीलाई दैनिक पाँच लाख बराबरको निःशुल्क उपचार गर्ने गरिएको जानकारी दिनुभयो । उहाँले विपन्न बिरामीको मूल्याँकन गर्दै वार्षीक १८ करोड बराबरको निशुल्क उपचार गर्ने गरिएको जानकारी दिनुभयो ।pharmacy

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३