प्रकाशित : १२ चैत्र २०७४, सोमबार २१:५३

 

विराटनगर, १२ चैत । Viagra Professional no rx, buy Zoloft. विराट गोल्डकप फुटबल प्रतियोगिताका लागि सिजनल टिकटको खरिद विक्री सुरु भएको छ । विराटनगरको सहिद रंगशालामा आयोजना हुने दिवा र रात्रिकालीन (डे–नाईट) प्रतियोगिताका लागि आयोजकले पूरै खेल हेर्ने दर्शकलाई लक्षित गरेर सिजनल टिकटको व्यवस्था गरेको छ ।

गोल्डकप आयोजक समितिका अध्यक्ष नविन रिजालले आज सम्ममा दुई सय सिजनल टिकटको विक्री भइसकेको जानकारी दिनु भयो । उहाँका अनुसार प्रत्येक दिन खेल हेर्नका लागि दैनिक रुपमा टिकट काट्नु पर्ने दर्शकको बाध्यतालाई सम्बोधन गर्नका लागि सिजनल टिकटको व्यवस्था गरिएको हो ।

सिजनल टिकटको मूल्य एक हजार पाँच सय रुपैयाँ राखिएको छ । ‘यो टिकट एक पटक काटेपछि पूरै खेल हेर्न पाइने छ,’ रिजालले भन्नु भयो, ‘सिजनल टिकट खुल्ला गरिएपछि खरिद गर्नका लागि दर्शकको भीड लागेको छ ।’ रिजालका अनुसार दैनिक रुपमा हुने प्रतियोगितामा टिकट काट्दा खेल अवधिभर दर्शकको दुई हजार चार सय रुपैयाँ खर्च हुन्छ । उहाँले सिजनल टिकट दैनिक रुपमा काट्नु पर्ने टिकट भन्दा सस्तो भएकाले पनि दर्शक यो टिकटतर्फ आकर्षित भएको जानकारी दिनु भयो ।

विराटनगरको पाञ्चाली स्थित होटेल मेरो नेपाल, मेन रोड, महेन्द्र चोकको नेपाल बजार, सहिद मैदान, तीन पैनी, ट्राफिक चोक लगायतका विभिन्न स्थानमा सिजनल टिकटको विक्री खुल्ला गरिएको छ । प्रतियोगिता यही फागुन १७ देखि २६ गते सम्म हुँदैछ । सिजनल टिकट लिने दर्शकलाई खेल हेर्नका लागि मैदानमा सजिलै पस्ने र हेरिसकेपछि सजिलैसंग निस्कने व्यवस्था पनि गरिएको आयोजकले जनाएको छ ।

रिजालका अनुसार यो टिकट लिने दर्शकलाई प्रवेश गर्न र बसेर खेल हेर्नका लागि उत्तरतर्फको गेट र उत्तरतर्फकै प्यारापिटको व्यवस्था गरिएको रिजालले बताउनु भयो ।lady era

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३