प्रकाशित : १२ चैत्र २०७४, सोमबार १८:४६

Forzest without prescription, generic lioresal. काठमाण्डौं, १२ चैत । एएफसी एसियन कप छनोट प्रतियोगिता अन्तर्गत भोलि नेपाल यमनसँग प्रतिस्पर्धा गर्दैछ । यसअघिका खेलेको पाँच खेलमध्ये तीनमा हार र दुई बराबरी खेलेको नेपालका लागि यो खेल प्रतिष्ठाका लागि मात्र हुनेछ ।

नेपालको छनोट हुने सम्भावना सकिएको छ । तर यमनका लागि यो खेल निकै महत्वपूर्ण छ । समूह एफमा एक जित र चार बराबरीसँगै सात अंक बनाएको यमनले नेपाललाई हराएमा सन् २०१९ मा हुने एएफसी एसियन कपमा छनोट हुनेछ ।

विश्व वरियताको १४० औं स्थानमा रहेको यमनलाई नेपालले पहिलो लेगमा गोलरहित बराबरीमा रोकेको थियो । यो खेल हल्चोक मैदानमा भएको थियो । यसअघि नेपाल र यमन तीनपटक आमनेसामने भएका छन् ।

हल्चोक मैदानमा खेल्नुअघि सन् २०१४ मा भएको मैत्रीपूर्ण खेलमा नेपाल यमनसँग २–० ले पराजित भएको थियो ।

सन् २००० मा एसियन कप छनोटमा नै नेपाल ३–० ले पराजित भएको थियो । कतारको दोहामा रहेको सुहेम बिन हमाद रंगशालामा हुने नेपाल र यमनबीचको खेल नेपाली समय अनुसार राती ९ बजे हुनेछ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३