प्रकाशित मिति : १२ चैत्र २०७४, सोमबार १८:४४

Malegra FXT online, generic lioresal. काठमाण्डौं, १२ चैत । मन्त्रिपरिषदको सोमबारको बैठकले यही चैत १५ गते दिउँसो ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा सम्बोधन गर्ने कार्यक्रम तय गरेको छ ।

निर्वाचनपछि दुवै सदनलाई राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम तय भएको यो पहिलोपटक हो । सोमबार बालुवाटारमा सम्पन्न बैठकपछि सनचार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सो जानकारी दिएका हुन् । यसैगरी, बैठकले प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा डा. कुन्दन अर्याल र जनसम्पर्क सल्लाहकारमा अच्युत मैनालीलाई नियुक्त गरेको छ ।

राज्यमन्त्री बाँस्कोटाकाअनुसार घर बहालमा दोहोरो कर नलगाउने, रानीजमरा सिँचाइ आयोजनाको जग्गाको क्षतिपूर्ति व्यवस्थापन गर्ने, निर्वाचनका समयमा बम विस्फोट र महिला हिंसाका घटनामा परी घाइते भएकाहरुको अस्पतालमा लागेको खर्च व्यहोर्ने निर्णय भएको छ ।

यसैगरी, बैठकले संघीय संरचनाअनुसार प्रदेश सरकार, प्रदेशसभा र जिल्ला समन्वय समितिका संयोजकसम्मलाई कूटनीतिक राहदानी प्रयोगको व्यवस्था गर्ने, नेपाली सेनाका १३ जना महासेनानीको सेवा अवधि दुई वर्ष थप गर्नेलगायत निर्णय गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणका सम्बन्धमा सन्चारकर्मीले जिज्ञासा राख्दा राज्यमन्त्री बाँस्कोटाले सो विषयले सोमबारको मन्त्रिपरिषद बैठकमा प्रवेश नपाएको प्रस्ट पार्नुभयो ।motilium

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३