प्रकाशित : १२ चैत्र २०७४, सोमबार १८:४१

विराटनगर, १२ चैत । Gold Vigra no rx, lioresal online. मोरङको बेलबारी नगरपालिका–६ मा आज एक सय बढी किलो खोर्सानीको आहुतीदिंदै खोर्सानी होम सम्पन्न भएको छ ।

मोरङको बेलबारी नगरपालिका ६ स्थित सोमबारे, जीतपुरमा विगतका बर्षहरु जस्तै यसबर्षपनि खोर्सानी होम सम्पन्न भएको हो । सो ठांउमा रहेको याशोक्यानी भगवती मन्दिर परिसरमा साधक गोपाल कोइरालाले विगत १३ बर्षदेखि खोर्सानीबाट हवन गर्दै आउनुभएको छ । चैते दसैं अवधिभरि विभिन्न धार्मिक अनुष्ठानको आयोजना गर्दै समापनकादिन खोर्सानी हवन गर्ने गरिन्छ ।

दनदनी बलेको कुण्डमा सयौं किलो खोर्सानीबाट हवनगर्दा समेत खार नआउने बिशेषता भएका कारण नेपाल सहित भारतका विभिन्न क्षेत्रका श्रद्धालु हवनबाट धार्मिक लाभ लिन मोरङको सोमबारे पुग्ने गरेका छन ।

सो ठांउमा एकसय किलो बढी खोर्सानीबाट हवन गरिएको छ । सयौं किलो खोर्सानीबाट हवन गरिरंहदा हवनकुण्डको आसपास उभिएर प्रत्यक्ष हवन हेरिरहेको कसैलाईपनि खोर्सानी डढाउदा उत्पन्न हुने खारको अनुभुती भएन । यसबर्ष १३ औं पटकको हवन कमला साधना महायज्ञकोरुपमा आयोजना गरिएको हो ।

यसपटक राष्ट्र शान्ति र समृद्धिको कामनासहित महायज्ञ र हवनको आयोजना गरिएको साधक गोपालप्रसाद कोइरालाले बताउनुभयो । खेर्सानी डढाउदा समेत खार नआउने र मन्दिरमा गरेको भाकल पुरा हुने विश्वास बढेपछि बार्षिकरुपमा आयोजना हुने सो अनुष्ठान हेर्न भारतबाट उल्लेख्य संख्यामा धार्मिक पर्यटक आउने गरेका छन । नयाँ दिल्लीका निरज पाण्डेले केहि बर्षयता आफु निरन्तर सो ठांउ आउने गरेको बताउनुभयो ।cialis

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३