प्रकाशित : १२ चैत्र २०७४, सोमबार ०७:२१

विराटनगर, ८ चैत । Kamagra Gold online, generic Zoloft. बैदेशिक रोजगारीमा गएका महिलाका अवस्था विषयक एक दिने अभिमुखीकरण गोष्ठि विहिबार विराटनगरमा सम्पन्न भएको छ ।

बैदेशिक रोजगारीमा गएका मोरंगका महिलालाई सामाजिक रुपमा हेरिने दृष्टिकोणको बारेमा स्थलगत रिपोर्टिङमा जाने सञ्चारकर्मीका लागि ओरेक विराटनगरको सहयोगमा अरुण खवर मिडिया प्रालिले एक दिदे कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा ओरेक विराटनगरकी अनुगमन अधिकृत शोभा बजगाईले मोरंगको उर्लाबारीमा खुलेका मेनपावरहरु अवैधानिक रुपमा सञ्चालन भईरहेको बताउनुभयो ।

अवैध रुपमा सञ्चालिन मेनपावरका कारण धेरै महिलाहरु समस्यामा पर्ने गरेको बताउनुभयो । ओरक विराटनगरले बैदेशिक रोजगारीमा जाने महिलाका बारेमा जिल्ला प्रशासन कार्यालय मोरंगमा सूचना केन्द्र मार्फत पनि जानकारी दिने काम गरिरहेको बताउनुभयो ।

 

बरिष्ठ पत्रकार यज्ञ शर्माले बैदेशिक रोजगारीमा गएका महिलालाई समाजमा हेरिने दृष्टिकोण अन्य महिलाको तुलनामा फरक रहेको बताउनुभयो ।

अरुण अवर मिडिया प्रालिका अध्यक्ष महेन्द्र विष्टले बैदेशिक रोजगारीमा गएर फर्केका र जाने तयारीमा रहेकाहरु महिलाहरुको अवस्थाका विषयमा स्थलगत रिर्पाेटिङ गर्ने उद्देश्यले कार्यक्रम गरिएको बताउनुभयो ।

अभिमुखीकरण पछि १० जना सञ्चारकर्मीलाई लेखनबृत्ति पनि दिईएको अध्यक्ष विष्टले जानकारी दिनुभयो ।cialis

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३