प्रकाशित : १२ चैत्र २०७४, सोमबार ०५:५४

Super P-Force for sale, buy dapoxetine. विराटनगर, ११ चैत्र । दिगो विकास लक्ष्य प्राप्तीका लागि सहकारी भन्ने मुल नाराका साथ यस बर्षको ६१ औं राष्ट्रिय सहकारी दिवस विराटनगरमा मनाईने भएको छ ।

आईतबार सम्पन्न बैठकले निर्णय गरेको कुरा जिल्ला सहकारी संघ लि. मोरङ्गका अध्यक्ष डिल्ली पोखरेलले बताउनु भएको छ ।

दिवसलाई भब्य रुपले सम्पन्न गर्नका लागि संघका अध्यक्ष पोखरेलको संयोजकत्वमा डिभिजन सहकारी कार्यालय मोरङ्ग, सबै विषयगत संघहरु, राष्ट्रिय सहकारी बैंक सहित २ सय ५१ सदस्यीय मूल समारोह समिती गठन गरिएको छ । त्यसैगरी उंहाकै अध्यक्षतामा ११ सदस्यीय ब्यवस्थापन समिती समेत गठन भएको छ ।

आईतबार सम्पन्न ब्यवस्थापन समितीको बैठकले कार्यक्रमलाई ब्यवस्थित बनाउन ८ वटा बिभिन्न उपसमितीहरु बनाएको छ । राकेस दाहाल संयोजक र कृष्ण कुमार सरदार, बिपिन भगत, प्रभु पोखरेल, बल बहादुर घिमिरे सदस्य रहेको हल मञ्च ब्यवस्थापन उपसमिती, अमृत गुरुङ्ग संयोजक र योगराज पौड्याल, रबिन्द्र आचार्य, राजेन्द्र खनाल, कविता काफ्ले सदस्य रहेको र्याली ब्यवस्थापन उपसमिती, उमेश गुरुङ्गको संयोजकत्वमा पानि ब्यवस्थापन उपसमिती गठन गरिएको छ ।

त्यसैगरि बिजय कुमार माझीको संयोजकत्व र महेन्द्र ढुंगाना, ई. कमलेश्वर ठाकुर, अनुप स्याङवो, योगेन्द्र साह, तिर्था लिम्बु, अशोक रेग्मी, सुनिता देवकोटा सदस्यीय रहेको स्वयम्सेवक उपसमिती, माधव अधिकारीको संयोजकत्व र अविनास निधी, प्रभु पोखरेल सदस्य रहेको प्रचार प्रसार उपसमिती, पार्वती बराल संयोजक र टिका प्रसाद कट्टेल, संगीता दाहाल, हिमा मैनाली, तुलसा बिष्ट सदस्य रहेको स्वागत सत्कार उपसमिती गठन गरिएको छ ।

त्यसैगरि लक्ष्मी प्रसाद मेहताको संयोजकत्वमा जितेन्द्र झा सदस्य रहेको स्वस्थ्य उपचार उपसमिती र डिल्ली पोखरेलको संयोजकत्वमा सबै बिषयगत संघका अध्यक्षहरु सदस्य रहने गरि आर्थिक उपसमिती गठन गरिएको छ ।

यहि चैत्र २० गते हुने सो कार्यक्रममा मोरङ्ग जिल्ला भरका हजारौ सहकारीकर्मीहरु सहभागि हुने बताईएको छ ।

स्थानिय वीरेन्द्र सभागृहमा १ नं प्रदेशका मुख्य मन्त्री शेरधन राईको प्रमुख आतिथ्यता र सामाजिक बिकास मन्त्री जिवन घिमिरेको बिशिष्ठ आतिथ्यतामा कार्यक्रम हुने कुरा प्रचार प्रसार उपसमितीका संयोजक माधव अधिकारीले बताउनु भयो ।fluoxetine

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३