Breaking News

मोरङका तीन ठाउँमा बम

प्रकाशित मिति : ११ चैत्र २०७४, आईतवार १८:३६

Gold Vigra online, buy lioresal. विराटनगर, ११ चैत । मानविय र सवारी साधनको चहलपहल बढी हुने गरेका मोरङका तीन ठाउँमा आज बम फेला परेका छन् । पथरीशनिश्चरे र उर्लाबारी नगरपालिकामा सुतली बम फेला परेको प्रहरीले जनाएको छ ।

फेला परेको मध्ये एउटा बम विष्फोट भएको छ भने दुईवटा बम नेपाली सेनाको टोलीले ‘डिस्पोज’ गरेको छ । प्रहरीले नेत्र विक्रम चन्द ‘विप्लव’ नेत्रृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताले बम राखेको हुन सक्ने अनुमान गरेको छ ।

मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीका अनुसार पथरीशनिश्चरे १ स्थित इलाका ट्राफिक प्रहरी कार्यालय पथरी नजिकै एकाविहानै बम फेला परेको थियो । टेपले बाँधेर काटुनमा राखिएको अवस्थामा बम देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए ।

बम सेनाले विहान ८ बजे निस्कृय पारेको छ । बम डिस्पोज गरेर सेनाको टोलीले त्यहाँबाट हिंडेको केही समयमै पथरीशनिश्चरे १ स्थित हरियाली सामुदायिक वन छिर्ने मोडमै अर्को बम फेला परेको थियो । उक्त बम भने विष्फोट भएको छ ।

विष्फोटको ठूलो आवाजसंगै सर्वसाधारण त्रसित बनेका थिए । मोटरसाइकलमा आएका दुई युवाले बाटोमा फ्याँकेर भागेको केही समयमै बम विष्फोट भएको हो ।

एसपी बिसीले विष्फोटको आवाज ठूलो आए पनि त्यसबाट कुनै मानविन क्षति भने नभएको जानकारी दिनु भयो । बम फ्यालेर भागेका युवा नेकपाका कार्यकर्ता भएको पहिचान भइसके पनि फरार रहेका कारण खोजी गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै उर्लाबारी नगरपालिका ३ मा पनि सुतली बम फेला परेको छ । विहान ९ बजे बम फेला परेको हो । बम थलाहाबाट गएको नेपाली सेनाको टोलीले समयमै डिस्पोज गरेका कारण विष्फोट भएर कुनै मानविय र भौतिक क्षति भने हुन नपाएको प्रहरीले जनाएको छ ।dapoxetine

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३