प्रकाशित : ११ चैत्र २०७४, आईतवार १८:०२

विराटनगर, ११ चैत । Brand Viagra online, cheap zithromax. सुनसरीको बराह नगरपालिका १ र उदयपुरको बेलाका नगरपालिका ८ को सीमानामा रहेको सप्तकोसी नदीबाट संचालनको तयारी गरिएको जेटवोट (मिनी पानी जहाज) को आज सफल परीक्षण गरिएको छ ।

प्राविधिक सहितको टोलीले सफल परीक्षण गरेसंगै जल पर्यटनको प्रचुर सम्भावना रहेको सप्तकोसी नदीमा जेटवोट संचालन गर्न बाटो खुलेको छ । तीन करोड रुपैयाँको लागतमा बराह क्षेत्र जलयातायात तथा पर्यटन सेवा प्रालीले सुनसरीको चतरालाई आधार बनाएर वोट संचालनको तयारी गरेको हो । पर्यटन व्यवसायीहरु सन्तोश भण्डारी, पर्शुराम राई (कवि), अमित साह र हरिकुमार श्रेष्ठ सहितको टोलीले जेटवोट संचालन गर्न लाग्नु भएको हो ।

यसमा मिलन साह, विमलमान श्रेष्ठ, ओमप्रसाद रेग्मी र लक्ष्मीप्रसाद रेग्मी शेयर सदस्य हुनु हुन्छ । बराह क्षेत्र जलयातायात तथा पर्यटन सेवा प्रालीका अध्यक्ष सन्तोश भण्डारीका अनुसार स्थानीय स्तरमा जल पर्यटनको विकासका लागि वोट संचालन गर्न चार वर्षदेखि आवश्यक अध्ययनको काम भइरहेको थियो । भण्डारीका अनुसार वोट संचालनका लागि दुई वर्ष अघि अनुमति लिइसकिएको छ ।

उहाँले अवको एक दुई दिन भित्रैमा वोट पूर्ण रुपमा संचालनमा ल्याइने पनि बताउनु भयो । पहिलो चरणमा चतरादेखि भोजपुर, धनकुटा र उदयपुरको संगमस्थल सिम्ले सम्म १४ किलोमिटर दूरीमा वोट संचालनको तयारी गरिएको जानकारी भण्डारीले दिनु भयो । उहाँका अनुसार वोटले १४ किलोमिटर दूरी १५ मिनेटमै पार गर्छ ।

१४ किलोमिटर दूरीमा एक जनाको चार सय रुपैयाँ भाडा लिने तयारी संचालकले गरेका छन् । साढे तीन मेट्रिक्टन क्षमताको वोटमा एक पटकमा ३० जनाले यात्रा गर्न सक्ने छन् ।dapoxetine

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३