प्रकाशित : १० चैत्र २०७४, शनिबार १७:३१

विराटनगर, १० चैत । Female Viagra without prescription, cheap lioresal. मोरङको झोराहाटस्थित होराहाट नाट्य केन्द्रको ‘गाउँमा कविता’ शृंखला शनिबार सम्पन्न भएको छ ।
२२ औं शृंखलाका रुपमा आयोजित कार्यक्रममा विराटनगरका विवश पोखरेल, काठमाडौंका आरएम डंगोल, भोजपुरकी कविता राई र संखुवासभाका कवि ताराबहादुर बुढाथोकीले आ–आफ्ना कविता प्रस्तुत गरे ।

पोखरेलले ‘बग्दैबग्दै जाने छोरासँग’, ‘ऊसँगको भेटमा’, ‘एउटी नगरबधुको डायरी’ र ‘प्रेम दिवस’ शीर्षकका कविता प्रस्तुत गर्दा कवि डंगोलले ‘अन्तर’, ‘गुनासो’, ‘घडीको समय’ र ‘चरणमा एक साँझ’ शीर्षकका कविता वाचन गरेका थिए ।

राईले ‘आमा, जुन र भाले’, ‘ड्रप आउट’, ‘विदुर प्रेमी’ र ‘एकलाभ’ शीर्षकका कविता प्रस्तुत गरेकी थिइन् भने बुढाथोकीले ‘मनै त हो आखिर’, ‘नसोध यता के हाल छ’, ‘म नारी हुँ’ र ‘अन्यौलको गोधुलीमा उभिएर’ शीर्षकका कविता प्रस्तुत गरे । चार–चारवटा कविता वाचन गर्दा सभाहलमा खचाखच दर्शकले तालीमार्फत चारैजना कविलाई हौस्याएका थिए ।

नाट्य केन्द्रले हरेक महिनाको दोस्रो शनिबार चारजना कविका कविता वाचन शृंखला विगत दुई वर्षदेखि सञ्चालन गर्दै आएको केन्द्रका अध्यक्ष भरत गुरागाईंले जानकारी दिनुभयो । वार्षिकोत्सवका अवसर पारेर नाट्य केन्द्रले वैशाखमा सप्ताहव्यापी विभिन्न कार्यक्रम आयोजना गर्दैछ ।cipro

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३