प्रकाशित : १० चैत्र २०७४, शनिबार १६:१८


विराटनगर, १० चैत । buy Viagra, buy zithromax. मोरङको वुढीगंगा गाउँपालिकामा कृषि तथा औद्योगिक मेला आयोजना गरिने भएको छ । वुढीगंगाको पहिचान हाम्रा अभियान नाराका साथ स्थानीय कृषि तथा औद्योगिक उत्पादनलाई प्रचार प्रसार गरी उपभोक्तालाई प्रयोगमा ल्याउन आकर्षण गर्ने उद्देश्यका साथ कृषि तथा औद्योगिक मेला आयोजना गरिने भएको हो ।
मेला आयोजक समाज विकास केन्द्र नेपालद्धारा आज विराटनगरमा पत्रकार सम्मेलनमा यही चैत १५ गते देखि २५ गतेसम्म वुढीगंगा –३ गोकुवाचौकमा आयोजना गरिने मेलामा ४९ वटा स्टल रहने जानकारी गराइयो ।
मेलामा मोरङ सुनसरी औद्योगिक क्षेत्रका उत्पादन, चाउचाउ, विस्कुट, जुत्ता, जप्पल,कृषि यान्त्रीकरण का साथै झापा, इलाम, धनकुटा र भोजपुरका लगायतका जिल्लाका घरेलु उत्पादन र कृषि उत्पादन विक्री वितरणका लागि राखिने केन्द्र अध्यक्ष नगेन्द्र मण्डल राजवंशीले वताउनु भयो ।
मेलामा स्थानीय थारु, राजवंशीको मौलिक खाद्य परिकारका भक्का वगिया राखिने भएको छ । मेला संचालन गर्न ३८ लाख खर्च लाग्ने छ भने २ करोड वरावरको विभिन्न सामाग्री विक्री वितरण हुने अनुमान आयोजकले गरेको छ ।pharmacy