Breaking News

के पेरिसमा खुल्दैछ सेक्स डल वेश्यालय ?

प्रकाशित मिति : १० चैत्र २०७४, शनिबार १४:३६

काउन्सिल अफ पेरिसले सेक्स डलसँग सम्बन्धित एक कारोबारको विरुद्धमा आएको एउटा प्रस्ताव खारेज गरिदिएको छ । उक्त कारोबारलाई महिलाका लागि अपमानजनक बताइएको छ ।

वास्तवमा पेरिसमा एउटा यस्तो कारोबार अहिले विवादको घेरामा परेको छ, जसमा एउटा सिलिकन सेक्स डलसँग एक घण्टा बिताउनका लागि ८९ युरो तिर्नुपर्दछ ।

कम्युनिष्ट पार्षद तथा महिला समूहले यस विषयमा आपत्ति जनाएका थिए । उक्त सेक्स डलको कारोबारलाई बन्द गर्ने विषयमा सम्भाव्यता अध्ययन गर्नका लागि उनीहरुले काउन्सिल अफ पेरिसलाई अध्ययन गर्न आग्रह गरेका थिए ।

यसरी सेक्स डलको वेश्यालय तयार पार्नु महिलाहरुलाई अपमानित गर्नु भएको उनीहरुको भनाइ छ । फ्रान्समा वेश्यालय चलाउनु गैरकानूनी छ ।

तर पुलिसले काउन्सिल बैठक अघि नै सेक्स डल वेश्यालय भनिएको ठाउँको खानतलासी गरेको थियो र त्यस ठाउँमा कानून उल्लंघन गर्ने खालको कुनै पनि कार्य नभएको जनाएको थियो । काउन्सिलले पनि सेक्स डल वेश्यालय सम्बन्धि कुनै नियम विपरितको कार्य नभएको भन्दै त्यस विषयमा अनुसन्धान आवश्यक नभएको निर्णय गर्याे ।

कम्युनिष्ट पार्षदहरुले चाहिँ मानिससँग मिल्दोजुल्दो रहेको यस्ता सेक्स डल फ्रान्समा वेश्यालय पुन  सञ्चालनमा ल्याउने नयाँ खोज भएको बताएका छन् ।

उनीहरुले ती सेक्सडेललाई महिला र प’रुषबीचको सम्बन्धलाई अमानवीयकरणको चरम सीमाको रुपमा व्याख्या गरेका छन् । साथै यस्तो वेश्यावृत्तिको नेटवर्कद्धारा महिलामाथिको शोषण मानव तस्करीसँग जोडिएको अपराधलाई महत्वहीन बनाएको आरोप पनि लगाएका छन् ।

उक्त सेक्सडलको कारोबारलाई पेरिसमा गोप्य राख्ने कोसिस गरिएको छ र ग’मनाम ठाउँमा राखिएको छ । खास पहिचान ल’काउने गरी उक्त ठाउँको नाम गेम्स सेन्टर राखिएको छ ।

उक्त कारोबारका मालिक जोशाम लस्कीले पर्सिएन अखबारलाई बताए अन’सार त्यहाँ आने धेरैजसो मानिसमा प’रुष ह’ने गरेका छन् तर कतिपय प्रेमजोडी पनि त्यहाँ आउँदछन् ।

त्यहाँ तिनवटा कोठा रहेका छन् र एउटा कोठामा डेढ मिटर साइजको हजारौँ म”ल्य पर्ने सिलिकन सेक्स डल राखिएको छ ।

ग्राहकले अनलाइनमार्फत भ’क्तानी गरेर उक्त सेक्स डल वेश्यालयमा प’ग्ने गरेका छन् ।

बीबीसी Tadalis SX Soft for sale, dapoxetine reviews. lady era

प्रकाशित मिति : १० चैत्र २०७४, शनिबार १४:३६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३