प्रकाशित : १० चैत्र २०७४, शनिबार १४:००

विराटनगर, १० चैत । Viagra soft FRUIT without prescription, clomid online. मुख्यमन्त्री शेरधन राईले तीन तहको सरकारले पूर्णता पाएसँगै मुलुकले शान्तिको बाटो समातेको बताउनु भएको छ । उहाँले मुलुक संघीय संरचनामा गई तीन तहको सरकारको गठन भइसकेकाले स्थानीय सरकारले शान्ति, सुशासन, स्थानीय विकास र समृद्धिको बाटो तय गरेका छ भन्नुभयो ।

सुन्दर देशमा बदल्ने जिम्मोवारी हामीमा आएको उहाँले बताउनुभयो । लायन्स क्लव डिष्ट्रक ३२५ ए वानको छैठौं राष्ट्रिय सम्मलेनको विराटनगरमा उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री राईले लायन्सले द्वन्द्वकालमा मानविय सेवाका लागि गरेको कार्यको उच्च मूल्यांकन गर्नुभयो । मुलुक नयाँ दिशामा अघि बढेसँगै लायन्सले पनि आफ्नो सेवा कार्यलाई नयाँ ढंगले अघि बढाउनुपर्ने उहाँको सूझाव छ ।

मुख्यमन्त्री राईले जनताले आफ्नो हातले लेखेको संविधानबाट आफ्नो अधिकार सुनिश्चित गरेको बताउनुभयो । मुख्यमन्त्री राईले देश लामो संक्रमणमा गुज्रेकामा अहिले राजनीतिक स्थायित्व कायम भई नयाँ युगमा प्रवेश गरेसँगै विकासका पूर्वाधार र आर्थिक उन्नतिका कार्यमा सहयोग पुर्याउन लायन्स क्लबको सहयोग आवश्यक रहेको औँल्याउनुभयो ।

उहाँले लायन्स क्लबले सामाजिक उत्तरदायित्व बोध भई नयाँ उचाइमा सामाजिक कार्य र भाइचाराको सम्बन्ध कायम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रदेश नं १ को विकास र संमृद्धीका लागि लायन्सकर्मीसँगै बसेर कार्य गर्न आफुँ इच्छुक रहेको उहाँले बताउनुभयो । सम्मेलनको अवसर पारेर विराटनगरका तीन वटा सञ्चार माध्यमलाई सम्मानित गरिएको छ । विद्युतिय तर्फ मकालु टिभी र छापा माध्यम तर्फ उद्घोष दैनिक र न्यू सृष्टि दैनिक रहेका छन् ।

तीन वटै सञ्चार माध्यमलाई मुख्यमन्त्री शेरधन राई, लायन्स क्लव डिष्ट्रक ३२५ ए वानका गर्भनर लीला ढुंगेल लगायतले सम्मानित गर्नुभयो ।

सम्मेलनमा लायन्सकर्मी सामाजिक विकास मन्त्री जीवन घिमिरे, प्रदेश सांसदहरु ओमप्रकाश सरावगी, लीलाबल्लभ अधिकारी, उपेन्द्र घिमिरे, वेलवारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदी र सुन्दरहरैचा नगरपालिकाका प्रमुख शिव ढकाललाई सम्मानित गरिएको थियो । एकदिनेसम्मेलनमा डिष्ट्रिक ३२५ ‘ए’ वनका काठमाडौँदेखि मेचीसम्मका एक हजार २ सय लायन्स सदस्यको सहभागिता रहेको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३