Breaking News

विराटनगर भन्सार कार्यालयबाट प्रक्रिया पुर्याएरै तस्करी

प्रकाशित मिति : ८ चैत्र २०७४, बिहीबार १६:३०

Eriacta online, buy dapoxetine. विराटनगर, ८ चैत । भारत तथा तेस्रो मुलुकदेखि नेपालतर्फ आयात हुने सामान विराटनगर भन्सार कार्यालयबाट प्रक्रिया पुर्याएरै तस्करी हुने गरेको पाइएको छ ।

प्रहरीले आयात भएको भन्दा कम मूल्याँकन गरेर कपडा आयात गरिएको एउटा ट्रक सोमबार राति विराटनगर १४ बाट नियन्त्रणमा लिएपछि प्रक्रिया पूरा गरेर नै हुने गरेको तस्करीका बारेमा बाहिर आएको हो ।

३० लाख मूल्य बराबरको कपडा लिएर भन्सारबाट निस्किएको को १ ख ४०१० नम्बरको ट्रक र चालक मोरङको ग्रामथान गाउँपालिका ७ का २३ वर्षीय सतेश चौधरीलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक सन्तोश निरौलाले बताउनुभयो ।

प्रहरीले नियन्त्रणमा लिएको कपडा विराटनगरका व्यापारी संजीव भगतको हो । भन्सारले उपलब्ध गराएको प्रज्ञापन पत्रमा आठ लाख १८ हजार आठ सय २७ रुपैयाँ भन्सार महसुल बुझाएको खुल्छ ।

स्रोतका अनुसार उक्त कपडाको भन्सार महसुल लगभग १५ लाख बढी बुझाउनु पर्छ । भन्सारबाट प्रक्रिया पूरा गरेरै ट्रक निस्किएको देखाइए पनि मिलेमतोमा लगभग सात लाख राजश्व छल्ने प्रयास भएको स्रोतको दावी छ ।

गत भदौ १९ गते पनि प्रहरीले व्यापारी भगतको कपडा आयात गर्दै गरेको यही ट्रक र बीआर ३८ ई ४६४० नम्बरको ट्रयाक्टर सहित चालकहरु मोरङको ग्रामथान गाउँपालिका ७ का ३० वर्षीय शशी चौधरी र भारत अररिया जोगवनी १० का २४ वर्षीय शुनिल शर्मालाई नियन्त्रणमा लिएको थियो ।

त्यतिबेला पनि जाँचपास र मूल्याँकन गरिएको भन्दा बढी कपडा ट्रक र ट्रयाक्टरमा फेला परेको थियो ।

राजश्व कार्यालयले भने कारवाहीका लागि कानून अभाव रहेको जानकारी दिएको छ । कार्यालयका प्रमुख जयबहादुर भण्डारीले सरकारले ऐन नियमहरु खारेज गरिदिएका कारण कारवाहीका लागि भनेर आएको ट्रक चेकजाँच गर्न अप्ठेरो परिरहेको बताए ।

विराटनगर भन्सार कार्यालयका प्रमुख मिमांश अधिकारीले यस विषयमा आफू केही पनि भन्न नसक्ने बताउनुभयो ।

प्रकाशित मिति : ६ पुष २०७५, शुक्रबार १८:४१

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३