प्रकाशित : ८ चैत्र २०७४, बिहीबार १६:२३

buy Silfar, lioresal without prescription. विराटनगर, ८ चैत । प्रदेश १ को सरकारले सय दिनमा गर्ने भनेर सार्वजनिक गरेका कार्यक्रमलाई प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले कार्यान्वायनमा लगिएको जनाएको छ ।

मन्त्रालयले आज विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै कार्यक्रमलाई कार्यान्वायन एवं सहयोग गर्ने निकाय, स्रोत साधन, समयावधि, कार्यान्वायन गर्ने तरिका, अनुगमन मूल्याँकन र सूचक सहितको सय दिने वस्तुगत कार्ययोजना सार्वजनिक गरेको छ । मन्त्रालयका सचिव यज्ञबहादुर खत्रीले बुधबारको मन्त्रीस्तरिय निर्णयबाट कार्यक्रमहरुलाई कार्यान्वायनमा लगिएको जानकारी दिनु भयो । उहाँका अनुसार कार्यायोजनामा सर्वसाधारणको शान्ति सुरक्षा, अमनचयन र स्वतन्त्रतापूर्वक पेशा व्यवसाय गर्ने कुराको थप सुनिश्चितता गरेको कुरा उल्लेख छ ।

त्यस्तै ट्राफिक व्यवस्थापन, विपद व्यवस्थापन, नागरिक मैत्री प्रहरी प्रशासन, सूचना तथा संचार क्षेत्रको व्यवस्थाप तथा अपराध नियन्त्रणलाई वैज्ञानिक र चुस्त एवं प्रभावकारी ढंगले अघि बढाउने मन्त्रालयको कार्ययोजना रहेको खत्रीले बताउनु भयो । प्रदेश सरकारलाई आवश्यक पर्ने कानून निर्माणलाई तीव्रता दिने पनि मन्त्रालयले जनाएको छ । जनतासंग प्रहरी कार्यक्रम अन्तर्गत प्रदेश भरका करिव ११ लाख घरहरुमा प्रहरीको सम्पर्क नम्बर सहितको सूचना मुलक स्टिकर टाँसिने कार्यक्रम छ ।

कार्यक्रम अन्तर्गत प्रविधिको माध्यमबाट सुरक्षा निगरानी बढाउन जिल्ला सदरमुकाम लगायत मुख्य–मुख्य सहरहरुमा जनतासंग प्रत्यक्ष सरोकार भएका सरकारी कार्यालय, संस्थान, बैंक, वित्तिय संस्था सुनचाँदी व्यवसाय आदिमा सीसी टिभी जडानको थालनी गरिने मन्त्री हिक्मत कार्कीले बताउनु भयो । उहाँका अनुसार प्रहरी कार्यालयहरुमा नागरिक सहायता कक्ष (हेल्प डेक्स) को स्थापना गरेर नागरिक सहयोगीको व्यवस्था समेत गरिने छ ।

अपराध नियन्त्रणका लागि जतिसक्दो चाँडो प्रहरीको पहुँच पुर्याउने कार्ययोजना छ । त्यस अन्तर्गत घटना घटेको स्थान मध्ये सहरी र सुगम क्षेत्रमा २० मिनेट भित्र र दुर्गम क्षेत्रमा एक घण्टा वा जति सक्दो छिटो प्रहरी पुग्ने व्यवस्था गरिने छ ।pharmacies

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३