Breaking News

जीवनका लागि पानी, पानीका लागि प्रकृति

प्रकाशित मिति : ८ चैत्र २०७४, बिहीबार ०६:४७

buy Silvitra tab, buy lioresal. रामचन्द्र अधिकारी

मानिसको शरीरको ६५ प्रतिशत भाग पानीले लिएको हुन्छ । शरीरका भित्रि भागहरु र छाला समेत संधै ओसिला र नरम हुनुपर्छ, तव मात्रै जैविक प्रक्रिया चल्न सक्छन् ।

यिनलाई पानी प्रसस्त पिएर ओसिला राख्ने गरिन्छ । स्वास्थ्य मानिसलाई दिनको पाँच लिटर जति पानी पिउन आवश्यक पर्छ । अरु पौष्टिक तत्वहरु (कार्वोहाईट्रेड, प्रोटीन, भिटामिन) भन्दा पानी वढि महत्वको तत्व हो ।

विना पानी सुख्खा खाना खाएर मात्र मानिस पाँच दिन भन्दा बेसी बाँच्न सक्दैन । शरीरमा पानी कम भएको अवस्थालाई डिहाइड्रेशन भनिन्छ । पानी बढी जिउनु पनि राम्रो मानिदैन । बढी पानी पिउँदा हाइपोनेट्रिमिया रोग लाग्छ । अधिक पानीले शरीरमा सोडियमको मात्रालाई कम गराउँछ र मृगौलामा नेफ्रोन अनि वाउमेन्सक्याप्सुललाई खतरा गरिदिन सक्छ ।

खानेकुरामा मानिसले परिवर्तन ल्याउँदै जाँदा अहिलेको विश्वमा मासुजन्य वस्तुहरु वढी खान थालेका छन् । मासुजन्य खानेकुरा खाएपछि जीउमा पानी अधिक चाहिन्छ । तसर्थ पानीको माग बढदैछ । अमेरीका लगायतका त्यही भूगोलका देशहरुमा वार्षिक वर्षा दर भन्दा पानी खपत दर दुई गुना बेसी छ । वर्षा कम हुँदा पानीका मुलहरु सुक्छन् । एउटा जीउलाई चाहिने पानकिो आयातन एकातिर बढ्दैछ भने अर्कातिर पानी चाहिने मानिसको संख्या र भोजन पनि वढ्दैछ ।

फेरि तेस्रोतिर पानीका मूलहरु र भूमिगत पानी सुक्दैछन् । यी आधारमा सजिलै आनुमान गर्न सकिन्छ पानी संकट झन विकराल बन्दैछ । पिउने पानी गन्धरहित, स्वादरहित, रंगरहित तथा किटाणु र विषालु पदार्थरहित हुनुपर्छ । तर कसले कस्तो पानी प्रयोग गर्दैछ, स्वयम् प्रयोगकर्तालाई थाहा छै्रन । नेपालको तराई क्षेत्रमा अधिकांश मानिसहरु आर्सेनिक मिसिएको पानी पिउन बाध्य छन् । काठमाण्डौंको पानीमा कोलिफर्म जस्ता किटाणु भेटिएका समाचार आइनैरहेका छन् । यसर्थ जीवनको समर्थक संगै शत्रु पनि एकैसाथ शरीरमा पस्दैछन् ।
आजकल सुख्खा र चाउचाउयुक्त खानेकुराको चलन पनि जीवन व्यस्तताका कारण अधिक चलाउने गरिन्छ । यिनलाई पचाउन धेरै पानी चाहिन्छ । अशुद्ध पानी दिएका कारण हरेक वर्ष लाखौं मानिसले ज्यान गुमाइरहेका छन् ।

भू–उष्णिकरणले हिमालयमा भण्डारित ठोस पानी पग्लिएर समुद्रमा पुगिरहेको छ । हिउँ पग्लिँदै जाँदा पहाडका पानीका मूल सुक्दै जान्छन् । पृथ्वीको तापक्रम बढ्दै गएको हुँदा सतही पानी पनि छिटै वाष्पिकररण भई उड्छ ।
सिंचाइका निमित्त भूमिगत पानीको प्रयोग अत्याधिक भइरहेको छ ।

सतहमा ल्यइएको भूमिगत पानी सुकिहाल्छ । धेरै पानी तानिएकोले भूमिगत पानीको तह धसिदै गइरहेको छ । अध्ययनहरुले देखाएअनुसार रहेक वर्ष भूमिगत पानीको तह एक मिटर तल जाँदैछ ।
भूमिगत पानीमा भरपर्ने नेपालका ४८ प्रतिशत र भारतका कुल संख्याको ८० प्रतिशत जनसंख्याको तिर्खा मेट्न वर्षेनि धौ धौ पर्दैजान्छ । अर्को एक तथ्याङ्कले पृथ्विको गर्भमा जम्मा भएको पानीले वढीमा अवको चार सय वर्ष पुग्ने भन्ने जनाउ दिएको छ ।

स्टाहोम इन्टरनेशनल वाटर इन्टिच्यूटले जनएअनुसार ८४ करोड मानिस पानी पर्यात पिउन नपाई बर्षेनी कुपोषित बन्दैछन् । रासायनिक मल विषादि, औधिगिक तरल फोहोर, अम्लीय वर्षा, जंगलफडानी, जनसंख्या वृद्धि आदि कारणले पानी दुषित वन्दै गएको छ । स्वास्थ्य जीवनका लागी स्वच्छ पानी चाहिन्छ तर अव यो प्राप्त गर्न मुस्किल देखिन्छ ।

जीवनमा अति आवश्यक मानिएको पानी वा पानी बिनाको जीवन हुनै नसक्ने यो वैज्ञानिकतामा आज पानी जोगाउन विश्वलाई ठूलो चुनौति आएको छ । हरेक साल मार्च २२ तारिखमा विश्व पानी दिवस मनाइन्छ । पानी जोगाउन सबैले लाग्नुपर्ने स्थितिको प्रत्याभूति दिनका लागि यस वर्षको नारा तय गरिएको छ । नाराले भन्छ पानीका लािग प्रकृति ।

यसको मतलब हो पानीलाई जोगाउनका लागि प्रकृतिलाई हामीले कुन हिसाबले प्रयोग गर्ने । प्रकृतिमाथि धेरै दोहन भइरहेको छ । जसले गर्दा पानीको मात्रा र गुणस्तर घटिरहेको छ । दिवसले सबैलाई पानी जोगाउनका लागि योगदान गर्न भनेको छ ।pharmacy

प्रकाशित मिति : ८ चैत्र २०७४, बिहीबार ०६:४७

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३