Breaking News

बालबालिकामा दाँत र गिँजाको समस्या धेरै

प्रकाशित मिति : ७ चैत्र २०७४, बुधबार १७:३४

विराटनगर, ७ चैत । चिकित्सक आवद्ध संस्थाहरु विराटनगर प्लाटिनम राउण्ड टेवल ११ र विराटनगर लेडिज सर्कल ५ ले संयुक्त रुपमा आयोजना गरेको दन्त रोग शिविरमा मोरंगको बुढीगंगामा सय जना बालबालिकाको दाँतको निशुल्क परीक्षण गरिएको छ ।

परीक्षण गरिएका मध्ये ९० प्रतिशत बालबालिकामा दाँत र गिँजाको समस्या देखा परेको राउण्ड टेवल ११ का अध्यक्ष एवं कोसी अञ्चल अस्पताल विराटनगरका बरिष्ठ बाल रोग विशेषज्ञ डा. विमल अग्रवाले बताउनु भयो ।

उहाँका अनुसार पछिल्लो समय दाँतको परीक्षण र उपचारका लागि शिविर तथा कोसी अस्पताल लगायतका स्वास्थ्य संस्थामा पुर्याइने अधिकांस बालबालिकामा दाँत र गिँजाको समस्या देखिन थालेको छ । बरिष्ठ दाँत रोग विशेषज्ञ डा. अंकिता अग्रवालले हेरचाह नगर्दा र सुरक्षामा ध्यान नदिंदा अधिकांस बालबालिका दाँत र गिँजा सम्बन्धी समस्याबाट पीडित बन्न थालेको बताउनु भयो ।

गिँजा सुरक्षित राख्न एवं दाँत मजवुत बनाउन र जोगाइ राख्न खानपीनमा पनि ध्यान दिन आवश्यक रहेको बताउँदै अंकिताले आवश्यक पर्ने भिटामीनको कमिले पनि यस्तो समस्या निम्तने बताउनु भयो ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३