प्रकाशित : ७ चैत्र २०७४, बुधबार १७:३०


काठमाडौँ, ७ चैत । नेपालको सार्वजनिक वित्त व्यवस्थापन तथा सिँचाइ परियोजना कार्यान्वयन गर्न विश्व बैंकले रु २६ अर्ब ६० करोड ऋण सहायता प्रदान गर्ने घोषणा गरेको छ ।
बैंक सञ्चालक कार्यकारी समितिको आजको बैठकले नेपालको सार्वजनिक वित्त व्यवस्थापनमा सुधार ल्याउन तथा रानीजमरा कुलरिया सिँचाइ परियोजना (दोस्रो चरण) को आधुनिकीकरणका निम्ति उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
एकात्मक शासन प्रणालीबाट संघीय लोकतान्त्रिक गणतन्त्रमा रुपान्तरण भएको ऐतिहासिक क्षणमा नेपाली नागरिकलाई सहज ढंगले सेवा प्रवाह गर्न आवश्यक पर्ने संघीयताको वित्तीय ढाँचालगायत पूर्वाधार स्थापनाका निम्ति नवनिर्वाचित सरकारलाई ऋण सहयोग प्रदान गर्ने निर्णय भएको उक्त बैंकका नेपाल, बंगलादेश र भुटानका देशीय निर्देशक चिम्याओ फ्यानले बताउनुभएको छ ।
ऋणस्वरुप प्रदान गरिने उक्त रकम अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, वित्तीय जवाफदेहिता तथा बजेट व्यवस्थापन ऐन कार्यान्वयन, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त अयोग स्थापना, सार्वजनिक वित्त व्यवस्थापन प्रणालीको सुदृढीकरण र राजश्व संकलन सुधारमा उपयोग हुने उक्त बैंकले जनाएको छ ।
नेपालको नयाँ संवैधानिक व्यवस्थाअनुसार स्थानीय तह, प्रदेश र संघीय संसद्को निर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा त्यसको सराहना गर्दै बैंक सञ्चालक समितिले सहज सार्वजनिक सेवा प्रवाह, जवाफदेहिता र पारदर्शिताको प्रवद्र्धनका निम्ति नेपाल सरकारलाई सघाउने निर्णय गरेको स्पष्ट गरेको छ ।
साथै सञ्चालक समितिले बैंकलाई समावेशी विकास हासिल गर्ने नेपालको लक्ष्य प्राप्तिमा पूर्णरुपले सहयोग गर्न तथा नेपालको विकासका अन्य साझेदारहरुसँग समन्वय गरी विकास निर्माणका कार्यक्रम नपुगेका स्थानहरुमा पुग्न प्रोत्साहन गरेको छ ।

- मुख्य खबर
- लोकप्रिय
- ताजा
प्रदेश १ का विद्यालयमा सिकाई सञ्चालन गर्ने प्रदेश सरकारको तयारी

विराटनगरको जनता नमूनामा राजनैतिक हस्तक्षेप

- ३ मिनेटमै संसद बैठक स्थगित
- प्रदेश १ मा २५ संक्रमित थपिए
- माघे संक्रान्ती पर्व मनाइँदै
- प्रदेश १ मा १६ जना कोरोना संक्रमित थपिए
- सवारी लाईसेन्सको परीक्षा निजी क्षेत्रलाई दिने निर्णयको विरोध
- मोरंगमा १ लाख ९१ हजारले गरे स्वास्थ्य बीमा
- ठुलो भाग पाउने आशले आफु विरुद्ध अविश्वास ल्याईयो – मुख्यमन्त्री राई
- संसदीय र संवैधानिक व्यवस्था असफल : नेता वैद्य
३ मिनेटमै संसद बैठक स्थगित

विराटनगर, ७ माघ । प्रदेश १ को सातौं तथा हिउँदे अधिवेशन बुधबार देखि शुरु भएको छ । बुधबारको बैठक करिव...
संसदीय र संवैधानिक व्यवस्था असफल : नेता वैद्य

विराटनगर, २ माघ । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले नेपालमा संसदीय व्यवस्था र संविधान असफल भइसकेको बताउनु भएको...
- ३ मिनेटमै संसद बैठक स्थगित
- संसदीय र संवैधानिक व्यवस्था असफल : नेता वैद्य
- बालबालिका मुलुक निर्माण गर्ने भविष्यको जनशक्ति : मन्त्री कार्की
- प्रदेश १ मा १६ जना कोरोना संक्रमित थपिए
- पर्यटकको आकर्षणको केन्द्र बन्दै बर्जु ताल
- नेकपा एक हुने संभावना छैन : नेता वस्नेत
- माघे संक्रान्ती पर्व मनाइँदै
- प्रदेश प्रमुख अधिकारीद्धारा माघी पर्वको शुभकामना
