Breaking News

कर्मचारीलाई विदा होईन जिम्मेवारी दिन्छौ : पण्डित

प्रकाशित मिति : ७ चैत्र २०७४, बुधबार १४:४२

Tastylia without prescription, generic lioresal. विराटनगर, ७ चैत । संघीय मामिला तथा समान्य प्रशासन मन्त्री लालबाबु पण्डितले स्वेच्छिक अबकाशको लागि आबेदन दिएका सबै कर्मचारीलाई विदा दिने पक्षमा सरकार नरहेको वताउनु भएको छ ।

आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री पण्डितले भन्नुभयो– “दक्ष र अनुभवी जनशक्तिलाई बिदा दिएर देशको सक्रमणकालिन अबस्थाको व्यवस्थापन गर्न गार्हो हुन्छ, त्यसैले अबकासका लागि निवेदन दिएका मध्ये शारिरीक र मानसिक रुपमा अशक्त भएको प्रमाणित भएका कर्मचारीलाई मात्र विदा दिने र अन्य सक्षम कर्मचारीहरुलाई कार्य क्षेत्रको जिम्मेवारी दिएर पठाउँछौ ।” “सेवाबाट विदा लिने कर्मचारीले आफु मानसिक र शारिरीक रुपमा अशक्त भएको कुरा चिकित्सकबाटै प्रमाणित गराएर ल्याउनु पर्छ ”– मन्त्री पण्डितको कथन छ ।

कर्मचारीलाई स्वेच्छिक अबकासका लागि निबेदन दिने व्यवस्था कानूनले गरेपनि त्यसलाई स्वीकृत नगर्ने व्यवस्था पनि कानूनमै रहेको उहाँले स्पस्ट पार्नु भयो । “कर्मचारीलाई विदा दिएर सेवा प्रवाह रोक्ने होइन, राज्यका तीनै तहमा कर्मचारी पठाएर सेवालाई प्रभावकारी बनाउने पक्षमा बर्तमान सरकार रहेको छ । ”– मन्त्री पण्डितले भन्नुभयो ।

जिम्मेवारी पाएको कुनै पनि कर्मचारीले त्यसको २४ घण्टा भित्र कार्यक्षेत्रमा पुग्नै पर्ने र त्यसको पालना नगर्ने कर्मचारी आगामी आइतबार देखि नै कारवाहीको प्रक्रिया अगाडि बढाईने स्पस्ट पार्दै उहाँले यदि कसैले अन्यत्र खटाएको कर्मचारीलाई पुरानै ठाउँमा हाजिर गराए उसलाई पनि कारबाही हुन्छ भन्नुभयो ।

अहिलेसम्म ७८ प्रतिशत कर्मचारी कार्यक्षेत्रमा पुगिसकेको सरकारी तथ्याङ्क जानकारी गराउँदै मन्त्री पण्डितले सरकारले पठाएको कार्यक्षेत्रमा जान अटेर गर्ने कर्मचारीलाई निजामती सेवा ऐन अनुसार बरखास्ती समेत गर्न सकिने जानकारी गराउनुभयो ।

उहाँले अगाडि भन्नुभयो ‘कर्मचारीलाई सेवा गर्नका लागि जहाँ तोकिएको छ त्यहा सेवा गर्नैपर्छ, नगर्नेहरु कारबाहीमा पर्छन् ।’ राष्ट्र सेवक कर्मचारीलाई खोजेको र रोजेको ठाउँमा पठाउन नसकिने जिकिर गर्दै “खटाएको ठाउँमा पुग्नु बाहेक अर्को विकल्प छैन”– उहाँको कथन छ ।

प्रकाशित मिति : ७ चैत्र २०७४, बुधबार १४:४२

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३