प्रकाशित : ६ चैत्र २०७४, मंगलवार १८:३४

Super Tadarise buy online, clomid without prescription. विराटनगर, ६ चैत । प्रदेश सरकार सञ्चालनका लागि आवश्यक कानुन बनाउन प्रदेश नम्बर १ सरकारले छुट्टै संयन्त्रमार्फत कानुनको मस्यौदा तयार गर्ने भएको छ ।

प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको चौथौं बैठकले प्रदेश कानुन निर्माणका लागि प्रदेश कानुन मस्यौदा सुझाव समिति गठन गरेर चैत महिना भित्र सबै कानुन निर्माणको काम सक्ने तयारी गरेको हो ।

मन्त्रिपरिषद्को बैठक बारे जानकारी दिनुहुँदै आन्तरिक मामिला तथा कानुन मन्त्री एवं सरकारका प्रवक्ता हिक्मत कार्कीले सरकारले चैत महिनाभर संविधानको अनुसुचीमा उल्लेख भएका २२ कानुन निर्माणका लागि समिति गठन गरेको जानकारी दिनुभयो ।

सरकारले गठन गरेको पाँच सदस्यीय समितिको संयोजकमा पूर्व सांसद रेवतीरमण भण्डारी हुनुहन्छ । समितिका सदस्यहरुमा प्रदेश महान्याधिवक्ता चुडामणी आचार्य, अधिवक्ताहरु जगत थापा र द्रोण दाहाल तथा मुख्यमन्त्री कार्यालयका कानुन सचिव शेरजंग कार्की सदस्य सचिवमा रहनु भएको प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।

सम्बन्धित मन्त्रालयले प्राथमिकताको सुची तयार गरेर कानुन निर्माण गर्नुपर्ने प्रक्रियामा कर्मचारी अभाव भएका कारण मस्यौदा सुझाव समिति गठन गरिएको प्रवक्त कार्कीले बताउनुभयो ।

मन्त्रिपरिषद्ले तोकेको कार्यविधीका आधारमा समितिले सरकारलाई चैत महिना भित्र प्रदेशले बनाउनु पर्ने कानुनको मस्यौदा सुझावसहित पेश गरेपछि मन्त्रिपरिषद्मा छलफलपछि स्वीकृती प्रदान गरेर संसदमा लगिने छ ।

यसैगरी मन्त्रिपरिषद्को बैठकले प्रदेश कर तथा गैरकर राजश्व विधेयक मस्यौदाका लागि सैद्धान्तिक स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को स्वीकृतीसँगै मस्यौदा तर्जुमाको काम अगाडी बढ्ने भएको छ । प्रवक्ता कार्कीका अनुसार विनियोजन विधेयक २०७४ को मस्यौदा तर्जुमाका लागि सैद्धान्तिक स्वीकृत प्रदान गर्ने निर्णय गरिएको छ ।
सरकारले प्रदेशको आर्थिक कार्यविधी २०७४ के मस्यौदा स्वीकृत गर्दै बुधबार बस्ने प्रदेश संसदमा प्रस्तुत गर्ने बाटो खोलेको छ ।

प्रवक्ता कार्कीले प्रदेश आर्थिक कार्यविधी २०७४ लाई फाष्ट ट्रयाकबाट पारित गर्ने बताउनुभयो । संविधानमा उल्लेख भएका सबै कानुनको निर्माणसँगै प्रदेश सरकार आगामी दिनमा जनपक्षीय कार्यक्रम लागु गराउन लाग्ने प्रवक्ता कार्कीले बताउनुभयो ।pharmacy

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३