प्रकाशित : ६ चैत्र २०७४, मंगलवार ०७:१७

विराटनगर, ५ चैत । buy Silagra online, order lioresal. मुख्यमन्त्री शेरधन राईले आफ्नो सरकार विकास र समृद्धिका लागि स्वदेशी तथा विदेशी सबै खाले लगानीलाई समन्वय गरेर अगाडि बढ्ने बताउनु भएको छ ।

सोमबार विराटनगर स्थित मुख्यमन्त्रीको कार्यालयमा लगानी बोर्डले आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले सो कुरा बताउनु भएको हो ।
स–साना आयोजनाहरुमा स्वदेशी लगानीकर्तालाई नै प्रोत्साहन गर्ने र स्वदेशी लगानीकर्ताबाट संभव नहुने ठूला आयोजनाहरुमा मात्र विदेशी लगानीकर्तालाई अनुमति दिने सोचाईमा आफ्नो सरकार रहेको पनि उनले स्पस्ट पार्नुभयोे । उहाँले आफ्नो प्रदेशमा सबै खाले लगानी भित्र्याउन उचित वातावरणको निर्माण गर्ने बताउँदै लगानीकर्ताहरुलाई ढुक्क भएर लगानी गर्न अग्रह गर्नुभयो ।

अबको एक मात्र राष्ट्रिय एजेण्डा आर्थिक समृद्धि भएकाले भरसक देशका सबै खाले शक्तिहरुलाई समन्वय गरेर अगाडि बढ्न सबैको सहमति खोज्ने पक्षमा बर्तमान सरकार रहेका उहाँको भनाई छ ।

आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले आफ्नो प्रदेशमा सबै खाले लगानीको सुरक्षा र संरक्षण गर्न कानून निर्माण गर्ने तयारीमा सरकार रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयोे – “ हामी लगानी मैत्री कानून निर्माण गरी सबै खाले लगानीको संरक्षण र सुरक्षा गर्छौ ।”

कृषि, पर्यटन, जलश्रोत र पूर्वाधार जस्ता कुरा आर्थिक समृद्धिका प्रमुख आधार भएकाले ती क्षेत्रमा लगानी गर्ने वातावरण तयार गर्न सरकार प्रतिबद्ध रहेको उहाँले स्पष्ट पार्नुभयो ।

आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले सरकारले लगानीका क्षेत्र पहिचान गरी लगानीका लागि उचित बातावरण निर्माण गर्ने बताउनुभयो ।

प्रदेश सदस्यहरु गोपाल भण्डारी, सरिता खडका, जयराम यादव, शिव नारायण सिहं, तथा उद्योगीहरु राजेन्द्र राउत, पवनकुमार सारडा लगायतका व्यक्तिहरुले बोल्नु भएको थियो ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले प्रदेश नं १ लागनीका संभावित क्षेत्र र हाल सञ्चालनमा रहेका आयोजनाहरुका बारेमा जानकारी गराउनु भएको थियो ।

उहाँले सबै आयोजनाहरु स्वदेश लगानीबाट मात्र संभव नहुने भएकाले विदेशी लगाीका लागि लगानी मैत्री बातावरण निर्माण गर्नुपर्ने कुरामा प्रदेश सरकारको ध्यानकर्षण गराउनु भएको थियो ।biaxin

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३