प्रकाशित : ५ चैत्र २०७४, सोमबार १३:३१

order Tadalis SX online, buy Zoloft. विराटनगर, ५ चैत । पूर्वका विभिन्न मन्दिरहरुमा पुजापाठ र दर्शनका लागि हिंडिरहनु भएका पूर्व राजा ज्ञानेन्द्र शाह विराटनगर आउनु हुने भएको छ । उहाँको स्वागतका लागि विराटनगरमा समिति समेत बनेको छ ।

मोरङ जिविसका पूर्व सभापति बल्लभप्रसाद दाहालको अध्यक्षतामा दुई सय २७ सदस्यीय समिति बनेको हो । समितिमा पूर्व उपप्रधानमन्त्री बद्रीप्रसाद मण्डल लगायत रहनु भएको छ । केही दिनदेखि झापाको दमकमा रहनु भएका पूर्व राजा शाह पत्नी कोमलसहित रामनवमीको अवसर पारेर आगामी आइतबार विराटनगर आउने कार्यक्रम तय भएको छ ।

दाहालले आज पत्रकार सम्मेलनको आयोजना गर्दै शाह दम्पतीले विराटनगरको काली, रामजानकी लगायतका मन्दिरको दर्शन गर्ने जानकारी दिनु भयो । दमकबाट विराटचोक, हरैंचा, झोराहाट हुँदै शाह आइतबार दिउँसो ३ बजे विराटनगर आउने कार्यक्रम तय भएको । दाहालले दुई घण्टा विराटनगरमा रहेर साह साँझ ५ बजे दमकतर्फ नै जाने बताउनु भयो ।

पूर्व राजाको भ्रमणमा सुरक्षा व्यवस्था कडा पार्न र आवश्यक सुरक्षा प्रबन्ध मिलाउनका लागि सुरक्षा निकायसंग आग्रह गरिने उहाँले बताउनु भयो

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३