प्रकाशित : ४ चैत्र २०७४, आईतवार १७:२४

Revatio without prescription, lioresal reviews. विराटनगर, ४ चैत । झुटो विवरण पेश गरेर नेपाली नागरिकता लिएको पाइएपछि विराटनगर महानगरपालिका १६ दरैयाबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय रानीले ३८ वर्षीय सन्तोशकुमार साहलाई पक्राउ गरेको हो । प्रहरी निरीक्षक सन्तोश निरौलाका अनुसार साहलाई नागरिकता सम्बन्धी अपराध अनुसन्धान गर्न म्याद थप गरेर हिरासतमा राखिएको छ । साहका साथबाट भारतीय नागरिक रहेको प्रमाणित हुने परिचय पत्र र नेपाली नागरिकताको प्रमाणपत्र एवं मतदाता परिचय पत्र पनि फेला परेको निरौलाले बताउनु भयो ।

सन्तोशले २०६४ साल जेठ १३ गते जिल्ला प्रशासन कार्यालयबाट जन्मको आधारमा नेपाली नागरिकताको प्रमाणपत्र लिएको खुलेको छ । २०३४ साल चैत १५ गतेको जन्ममिती राखेर ९१ नम्बरको नागरिकता उनले पाएका छन् । नागरिकतामा जिल्ला प्रशासन कार्यालय मोरङका तत्कालिन प्रशासकिय अधिकृत पर्वप्रसाद सापकोटाको हस्ताक्षर छ । नागरिकतामा बुवाको नाम स्वर्गिय गजेन्द्र साह उल्लेख छ ।

नेपाली नागरिकता प्राप्त गरेका साहले १५ वर्ष अघि सन् २००३ साल जनावरी २ तारिकमा भारत अररियाको फारवेशगन्ज इन्द्रनगर ४ बाट भारतीय नागरिक प्रमाणित हुने परिचय पत्र प्राप्त गरेको प्रमाण फेला परेको छ ।

जी वाई क्यू ११५१९७६ नम्बरको भारतीय परिचय पत्रमा बुवाको नाम गजेन्द्र साह र नेपाली नागरिकताको प्रमाण पत्रमा भने स्वर्गिय गजेन्द्र साह उल्लेख गरिएको छ । भारतको निर्वाचन आयोगले उनका नाममा जारी गरेको मतदाता परिचय पत्र पनि छ ।

प्रहरीले सन्तोशकी आमा पार्वतीदेवी र भाईहरु नरेश, धिरेन्द्र र बुहारी नरेशकी पत्नी रिङ्कीदेवीले पनि नेपाली नागरिकता लिएको हुन सक्ने आशंकामा अनुसन्धानको दायरामा फराकिलो पारिएको जनाएको छ ।valtrex

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३