प्रकाशित : १ चैत्र २०७४, बिहीबार १६:३२

buy Kamagra Gold online, cheap clomid. विराटनगर, १ चैत । प्रदेश नं १ का सवै अस्पतालहरुले असहायका लागि निशुल्क बेडको व्यवस्था गर्नु पर्ने भएको छ ।

१४ वटै जिल्लामा रहेका सरकारी तथा निजि अस्पतालको संख्या र वेडको लगत संकलनमा अहिले सामाजिक विकास मन्त्रालय लागि परेको छ ।

लगत संकलन पछि १० प्रतिशत सिट असहायका लागि छुट्याउनका लागि सवै अस्पतालहरुलाई निर्देशन दिईने सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिनुभयो । असहायका लागि छुट्याएको सिटमा स्टीकर टाँसिने र काउण्टरमा सूचना पाटी राखेर उपचाररत रहेकाहरुको जानकारी दिने व्यवस्था गरिने तयारी गरिएको मन्त्री घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो,‘मन्त्रालय लगत संकलनमा जुटि सकेको छ, चाँडै अस्पतालहरुलाई निर्देशन दिईने छ ।’

सामाजिक विकास मन्त्रालयले अस्पताल पछि निजि विद्यालयहरुलाई पनि १० प्रतिशत छात्रवृत्तिका लागि निर्देशन दिने तयारीमा छ । मन्त्रालयले चर्पी, घर, आँगन र सार्वजनिक स्थलको सफाईका लागि स्थानीय तहका जनप्रतिनिधिको सहभागिताका कार्यक्रम गर्ने तयारी गरेको मन्त्री घिमिरे बताउनुभयो ।

उहाँका अनुसार सामुदायिक विद्यालयको मर्ज र अंग्रेजी माध्यममा पठन पाठनका लागि बातावरण बनाईने छ ।

१४ जिल्लालाई ५ वटा क्षेत्रमा विभाजन गरि सामुदायिक विद्यालयको गुणस्तर बृद्धिका लागि कार्य गर्ने तयारी रहेको मन्त्री घिमिरेले बताउनुभयो ।pharmacy

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३