प्रकाशित : ३० फाल्गुन २०७४, बुधबार १७:३१


विराटनगर, ३० फागुन । Viagra Gold buy online, buy lioresal online. मोरङका स्थानीय तह खाली गर्न नेत्र विक्रम चन्द ‘विप्लव’ नेत्रृत्वको नेपाल कम्युनिष्ट पार्टीले धम्की दिएको छ ।
चैत ४ गते सम्ममा स्थानीय तह खाली गर्दै कुनै पनि काम कारवाही नगर्नका लागि जनप्रतिनिधी र कर्मचारीलाई धम्की दिइएको हो । धम्कीपछि स्थानीय तहमा कार्यरत कर्मचारी र जनप्रतिनिधीले असुरक्षित महसुस गरेका छन् ।
पार्टीको जिल्ला जनपरिषद्ले कार्यकारी अधिकृतका नाममा पठाएको धम्कीपूर्ण पत्र मोरङको केरवारी गाउँपालिकामा आज प्राप्त भएको छ ।
तीन महिने एकीकृत जनजागरण अभियान अन्तर्गत जनपरिषद् नेपालले गाउँ, नगर र महानगरपालिकाले बृद्धि गरेको स्थानीय कर, विकास बजेटको नाममा गरिएको अनियमितता, अपचलन, स्थानीय स्रोत परिचालनमा दुरुपयोग, भेदभावमुलक बजेट परिचालन, भ्रष्टाचारजन्य गतिविधीका विरुद्ध सम्झौताहिन प्रतिरोध अगाडि बढाइएको पत्रमा उल्लेख गरिएको छ ।
जनपरिषद्का प्रमुख मिसायलले हस्ताक्षर गरेको पत्रमा संघर्षको कडिका रुपमा यही चैत ४ गते स्थानीय तह खाली गराउने निर्णय जनसत्ताले गरेको खुलाइएको छ ।
स्थानीय तहमा कार्यरत कर्मचारी र जनप्रतिनिधीलाई त्यो दिन कुनै पनि काम नगर्न र नगराउन र स्थानीय तह खाली गर्नका लागि उर्दी जारी गरिएको पत्र प्राप्त भएको केरावारी गाउँपालिका अध्यक्ष रोहित कार्कीले बताउनु भयो ।
उहाँका अनुसार त्यसको अवज्ञा भएमा उत्पन्न परिणामको सामना आफैले गर्नु पर्ने बेहोराको पत्र प्राप्त भएको हो । स्थानीय तहमा काम नगर्न र तह खाली गर्नका लागि धम्कीपूर्ण पत्र प्राप्त भएपछि सुरक्षा व्यवस्था कडा पारिएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामजी कटवालले बताउनु भयो ।
उहाँका अनुसार सबै स्थानीय तहमा हतियार सहितका प्रहरीबाट सुरक्षा दिन थाएिको छ ।lisinopril