प्रकाशित : २९ फाल्गुन २०७४, मंगलवार १८:४२

order Cialis Professional online, zithromax online. काठमाण्डौं, २९ फागुन । उत्तर कोरियामाथि लगाइएको प्रतिबन्धका बाबजुद सिङ्गापुरका दुई कम्पनीले विलासिताको सामाग्री निर्यात गरिरहेको भन्दै संयुक्त राष्ट्रसंघले कारवाही गर्ने चेतावनी दिएको छ ।

राष्ट्रसंघको प्रतिबन्धको उल्लंघन गर्दै ती कम्पनीले उत्तर कोरियालाई सामाग्री निर्यात गरिरहेको दाबीसहितको प्रतिवेदन राष्ट्रसंघीय सुरक्षा परिषदमा पेश गरिएको छ ।

सो प्रतिवेदनका आधारमा यही साताको अन्त्यसम्ममा ती कम्पनीमाथि कारवाही गरिने परिषदलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ । सिङ्गापुर सरकारले पनि सो घटनाबारे जानकारी आएको र अनुसन्धान शुरु गरिसकेको जनाएको छ । ती कम्पनीले भने कुनै पनि गैरकानुनी काम नगरेको दाबी गर्दै आएका छन् ।

उत्तर कोरियाले आणवीक कार्यक्रम र क्षेप्यास्त्र परीक्षण नरोकेपछि उमाथि विश्वव्यापी रुपमै प्रतिबन्ध लगाइएको छ । राष्ट्रसंघको प्रतिबन्धअन्तर्गत सन् २००६ यता उत्तर कोरियालाई विलासिताको सामाग्री निर्यात गरे गैरकानुनी हुनेछ ।

यस्तै, सिङ्गपुरले पनि केही बर्षयता त्यस्ता सामाग्री उत्तर कोरिया निर्यातमा रोक लगाएको छ ।cipro

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३