प्रकाशित : २९ फाल्गुन २०७४, मंगलवार १३:५५

झापा, २९ फागुन  । बिर्तामोडका सुनचाँदी व्यवसायी साजन मुखियाको हत्याको विरोधमा व्यवसायीले आज बिर्तामोड बजार बन्द गरेका छन् ।

यही फागुन २० गतेदेखि सम्पर्कविहीन भएका मुखियाको शव सोमबार इलामको रोङ गाउँपालिका–३ स्थित कोल्बुङमा फेला परेको थियो ।

हात पछाडि बाँधेर बोरामा हालेर फ्याँकिएको अवस्थामा मुखियाको शव भेटिएको सुनचाँदी व्यवसायी संघका अध्यक्ष राजु धमलाले बताउनुभयो ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले सुनचाँदी व्यवसायीसहित तीन जनालाई पक्राउ गरेको छ । घटनाको अनुसन्धान पूरा भएपछि पक्राउ परेकाको नाम सार्वजनिक गरिने इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

Sildalis for sale, acquire Zoloft. pharmacy

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३