प्रकाशित : २९ फाल्गुन २०७४, मंगलवार १२:५४


Viagra Soft no rx, buy clomid. विराटनगर, २९ फागुन । जिल्ला अदालत मोरङबाट विभिन्न समयमा भएका फैसलाबाट १५ करोड ६९ लाख ५१ हजार नौ सय ३९ रुपैयाँ २५ पैसा जरिवाना बापतको राजश्व असुल्न बाँकी रहेको छ ।
फैसला अनुसार १६ करोड ३६ लाख ८५ हजार ९४ रुपैयाँ ७२ पैसा जरिवाना असुल हुनु पर्ने हो । तर अदालतले अहिले सम्म ६७ लाख ३३ हजार एक सय ५५ रुपैयाँ ४७ पैसा मात्रै जरिवाना असुल गर्न सकेको छ । त्यो मध्ये ४० लाख १८ हजार आठ सय नौ रुपैयाँ ९५ पैसा फैसला कार्यान्वायन विशेष अभियानबाट असुल्न सकिएको स्रेस्तेदार नवराज दुलालले बताउनु भयो ।
‘जरिवाना असुल गर्नका लागि प्रहरीसंग समन्वय गरेर अदालतले काम गरिरहेको छ,’ दुलालले भन्नु भयो, ‘जरिवाना असुल गर्न सक्रियता बढाएर विशेष अभियान नै चलाइएको छ ।’ उहाँले जरिवाना असुल्ने कुरा पनि फैसला कार्यान्वायन विशेष अभियानसंग जोडिएको भएकाले अदालतले यस विषयलाई गम्भीर रुपमा लिएर काम गरिरहेको बताउनु भयो ।
कैदतर्फ चार हजार चार सय ९३ वर्ष तीन महिना पाँच दिन असुल हुनु पर्नेमा चार सय १२ वर्ष एक दिन मात्रै कैद असुल भएको छ । चार हजार ८१ वर्ष तीन महिना चार दिन कैद असुल हुन बाँकी छ ।
दुलालले असुल भएको मध्ये ६० वर्ष सात महिना ९ दिन कैद विशेष अभियानबाट असुल भएको जानकारी दिनु भयो । मुख्य न्यायाधीश राजुकुमार खतिवडाले संरचना र कर्मचारी संयन्त्रमा सुधार गर्दै अदालत अघि बढिरहेको जानकारी दिनु भयो ।
उहाँले मुद्धा फैसलासंगै अदालतले कार्यान्वायनको पाटोलाई पनि विशेष जोड दिइरहेको बताउनु भयो ।pharmacy