Breaking News

कोशी अञ्चल अस्पतालका चिकित्सकमाथि कडाई

प्रकाशित मिति : २९ फाल्गुन २०७४, मंगलवार १२:५२

buy Female Cialis, order clomid. विराटनगर, २९ फागुन । विराटनगर स्थित कोसी अञ्चल अस्पतालमा कार्यरत धेरै चिकित्सकको निजी अस्पताल र ‘क्लिनिक’ मोहले सरकारी अस्पतालमा उपचारका लागि आउने बिरामी मार्कामा परिरहेका छन् । कोसी अस्पतालको यो धेरै पुरानो समस्या हो ।

कोसीमा कार्यरत सरकारी चिकित्सकले कार्यालय समयमा पनि निजी अस्पताल र ‘क्लिनिक’ मा मात्रै समय दिने गरेको गुनासो चौतर्फी रुपमा बढेपछि प्रदेश १ को सामाजिक विकास मन्त्रालयले कडाई थालेको छ । त्यस्ता चिकित्सकको निगरानी बढाएर उनीहरुको निजी अस्पताल र ‘क्लिनिक’ मोह तोड्ने हिसावमा अघि बढिएको मन्त्री जीवन घिमिरेले जानकारी दिनु भयो ।

सरकारी नियमको धज्जी उडाउँदै कार्यालय समयमा बाहिरका निजी स्वास्थ्य संस्थामा चिकित्सकले काम गर्ने गरेको अनुगमनका क्रममा पाइएको जानकारी पनि उहाँले दिनु भयो । उहाँका अनुसार अस्पतालको सेवा सुधार गर्नु पर्ने र चिकित्सकलाई समय अनुसार चल्न सिकाउनु पर्ने अवस्था आएको छ ।

मन्त्री घिमिरेले कार्यालय समयमा बाहिरका स्वास्थ्य संस्थामा गएर काम गर्ने जोसुकै चिकित्सकमाथि पनि कारवाही अघि बढाइने बताउनु भयो ।

मन्त्री घिमिरेले अस्पतालको सरसफाईमा ध्यान पुर्याउन, अकस्मिक सेवा प्रभावकारी बनाउन र ड्युटी समयमा अन्यत्र नगइकन अस्पतालमै रहेर काम गर्न चिकित्सक र कर्मचारीलाई निर्देशन दिइसकिएको बताउनु भयो । उनले चिकित्सक र कर्मचारीको निगरानीका लागि अस्पतालको मुख्य गेटमा सिटी क्यामेरा जडानको तयारी गरिएको पनि बताउनु भयो ।

घिमिरेले अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. रोशन पोखरेललाई प्रत्येक दिन विहान ९ बजेदेखि दिउँसो २ बजे सम्म अस्पतालमा नबस्ने चिकित्सकको विवरण बुझाउन पनि निर्देशन दिनु भएको छ ।

प्रकाशित मिति : ६ पुष २०७५, शुक्रबार १८:४१

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३