प्रकाशित : २६ फाल्गुन २०७४, शनिबार १६:००

buy Silvitra tab online, buy lioresal online. विराटनगर, २६ फागुन । जिल्ला अदालत मोरङको दैनिक काम कारवाही संचालन गर्नका लागि भवन लगायतका भौतिक संरचनाले असर पारिरहेको छ । उपयुक्त भवन अभावले न्याय सम्पादन लगायतका दैनिक काम कारवाही संचालनमा समस्या खेप्नु परेको स्रेस्तेदार नवराज दुलालले बताउनु भयो ।

अदालतमा दिनप्रतिदिन मुद्धा र सेवाग्राहीको चाप बढिरहे पनि संरचनाका कारण काम कारवाहीमा समस्या भइरहेको उहाँले बताउनु भयो । दुलालले पुरानो भवनको साँघुरो कोठाबाट दुःखका साथ काम गर्नु परिरहेको जानकारी दिनु भयो ।

विक्रम संवत २०२१ सालमा निर्मित भवन अहिलेका लागि उपयुक्त देखिंदैन । उहाँका अनुसार त्यतिबेलाको अवस्था, मुद्धा र सेवाग्राहीको चापलाई आधार बनाएर ५३ वर्ष अघि निर्माण गरिएको भवन अहिले सम्म आइपुग्दा धेरै साँघुरो भइसक्यो । अदालतका दुईवटा भवन छन् । त्यहीं भित्रबाट दैनिक प्रशासनिकदेखि न्याय सम्पादन सम्मको काम हुँदै आएको छ ।

अदालतका फाँट र कोठाहरु साँघुरा छन् ।valtrex

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३