प्रकाशित : २१ फाल्गुन २०७४, सोमबार २२:२२


buy Eriacta, generic zithromax. विराटनगर २१, फागुन । मोरंगका ५ वटा स्थानीय तहमा ३ वर्ष भित्रमा बालविवाह अन्त्य भएको घोषणा गरिने भएको छ ।
ग्रामथान गाउँपालिका, कटहरी गाउँपालिकाको ५ र ६ नं वडा, बुढी गंगा गाउँपालिका, सुन्दरहरैचा नगरपालिकाको हरैचा र विराटनगर महानगरपालिकाका वैजनाथपुरलाई तीन वर्ष भित्रमा बालविवाह मुक्त घोषणाका लागि अभियान शुरु गरिएको छ ।
बल्र्ड भिजन इन्टरनेशनलको सहयोगमा नारी विकास संघ विराटनगरले गत जनवरी २०१८ देखि संरक्षण परियोजना अन्र्तगत अभियान शुरु गरेको कार्यक्रम संयोजक सरिता अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार सन २०१८ भित्रमा ५ वटा स्थानीय तहका ९ सय बालबालिका समक्ष बाल विवाह अन्त्यका लागि विभिन्न कार्यक्रम गरिने छ । स्थानीय स्तरमा प्रेम विवाह गर्ने प्रचलन व्याप्त भएकाले बाल विवाह अन्त्यका लागि अभियान नै चलाउनु परेको कार्यक्रम संयोजक अधिकारीको भनाई छ ।
उहाँका अनुसार ५ वटा स्थानीय तहमा केही समय अघि गरिएको सर्वेक्षणका क्रममा दाइजो प्रथा, यौन शोषण, कुमारी आमा, बेच विखन, बाल विवाह, महिला हिंसा , श्रम शोषण लगायतका मुद्धा फेला पारिएको छ ।
सन २०३० लाई बालविवाह मुक्त देश घोषणा गर्ने अभियान अन्र्तगत बालविवाह मुक्त स्थानीय तह घोषणालाई तीव्रता दिईएको वल्र्डभिजनका बाल संरक्षण अधिकृत प्रमिल अधिकारीले बताउनुभयो । ३ वर्ष भित्रमा कार्यक्षेत्रमा बाल विवाह मुक्त गर्नका लागि अभियान शुरु गरिएको उहाँले बताउनुभयो ।viagra