प्रकाशित : १७ फाल्गुन २०७४, बिहीबार १६:००


विराटनगर, १७ फागुन । Sildalis without prescription, zithromax reviews. करोडौं रुपैयाँ राजश्व अपचलन गरिएको घटनामा संलग्न रहेको भन्दै विराटनगर भन्सार कार्यालयले एजेन्टलाई निलम्बनको प्रक्रिया अघि बढाएको छ ।
भन्सार कार्यालयका एजेन्ट र राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीको मिलेमतोमा भएको राजश्व हिनामिना घटनामा प्रहरीले मुद्धा अघि बढाइरहँदा भन्सारले पनि एजेन्टमाथिको कारवाही आफ्नै हिसावबाट अघि बढाएको हो ।
भन्सार कार्यालयका प्रवक्ता सुशील थापाले राजश्व हिनामिनामा संलग्न एजेन्टलाई भन्सार ऐन अनुसार निलम्बन गर्नका लागि प्रक्रिया अघि बढाइएको जानकारी दिनु भयो । बैंकसंग मिलेर भन्सारको नौ करोड ६१ लाख ५५ हजार रुपैयाँ राजश्व अपचलनमा भन्सार एजेन्टहरु विराटनगर– ७ का ४६ वर्षीय सुरेश बोहरा र ललित बोहराको संलग्नता पुष्टि भएपछि उनीहरु माघ २८ गतेदेखि फरार छन् ।
सुरेश क्लियरिङ एण्ड फरवार्डिङ सर्भिस प्रोप्रईटरका नामबाट भन्सारमा सामान जाँचपास एवं क्लियरिङको काम उनीहरुले गर्दै आएका थिए । विराटनगर भन्सार कार्यालयका प्रमुख मिमांश अधिकारीले सामान आयात र निर्यातकर्ताले आफूहरुको कामको जिम्मेवारी लिएर एजेन्ट फरार भएको जानकारी भन्सारमा गराईसकेको बताउनु भयो । उहाँका अनुसार आयात निर्यातकर्ताको सामान घोषणा गरे पनि जाँचपासको प्रक्रिया अघि नबढाइकन एजेन्ट फरार भएको भनेर आठवटा कम्पनी र व्यवसायीबाट निवेदन परेका छन् ।
आयात र निर्यातकर्ताले एजेन्ट विरुद्ध निवेदन दिएकाले पनि कारवाही प्रक्रिया अघि बढाउन भन्सारलाई सजिलो भएको अधिकारीले बताउनु भयो ।top avana