प्रकाशित : १४ फाल्गुन २०७४, सोमबार १६:१५

विराटनगर, १४ फागुन । buy Cialis Jelly online cheap, acquire lioresal. प्रदेश नं १ को प्रदेश सभा बैठक चैत ७ गते सम्मका लागि स्थगीत भएको छ । प्रदेश सभाको अर्को बैठक चैत ७ गते दिउँसो १ वजे बस्ने छ ।

कार्यव्यवस्था परामर्श समिति र मस्यौदा समिति गठन गर्दै आजको बैठक सकिएको हो । बैठकको शुरुमा सभामुख प्रदिपकुमार भण्डारीले मन्त्रिपरिषद् गठन संवन्धि प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रबारे जानकारी गराउनु भएको थियो ।

बैठकले प्रदेशसभाको अन्तरिम कार्यविधिको दफा १५ बमोजिम सभाको बैठकमा पेश हुने विषयहरुको प्राथमिकता, समयावधिको निर्धारण लगायत बैठकलाई सुव्यवस्थित ढंगले सञ्चालन गर्ने संवन्धमा र सभामुखले आवस्यक ठहर्याएको अन्य विषयमा परामर्शका लागि सभामुख प्रदिपकमार भण्डारीको अध्यक्षतामा कार्यपरामर्श समिति गठन गरिएको हो ।

समितिको सदस्यहरुमा इन्द्रमणि पराजुली, बुद्धिकुमार राजभण्डारी, जयमायाँ गजमेर, केदार कार्की, मोहनबहादुर खड्का, जयराम यादव, इन्दिरा राई र विष्णु तुम्वाहाम्फे रहनु भएको छ ।

समितिमा उपसभामुख र प्रदेशको कानुन संवन्धि विषय हेर्ने मन्त्रि समितिको पदेन सदस्य रहने व्यवस्था छ । प्रदेशसभाको बैठकले संविधानको धारा १९४ बमोजिम प्रदेशसभाले आफ्नो कार्य सञ्चालन गर्न, बैठकको सुव्यवस्था कायम राख्न र समितिहरुको गठन, काम कारवाही नियमित गर्नका लागि प्रदेशसभा नियमावली २०७४ को मस्यौदाको लागि लीलाबल्लभ अधिकारीको संयोजकत्वमा ११ सदस्यीय नियमावली मस्यौदा समिति गठन गरेको छ ।

समितिको सदस्यहरुमा उत्तमकुमार वस्नेत, एकराज कार्की, सावित्रा रेग्मी, सुर्यमाराज राई, शान्तादेवी पौडेल, झलकबहादुर मगर, रामकुमार राई, रामचन्द्र लिम्वु, इन्दिरा राई र विष्णु तुम्वाहाम्फे रहनु भएको छ ।zitromax

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३