प्रकाशित : १२ फाल्गुन २०७४, शनिबार १५:४६

विराटनगर, १२ फागुन । Suhagra online, generic clomid. प्रदेश नं १ का विज्ञहरुले वातावरणीय सवालहरुका विषयमा छलफल गरेका छन् । नेपाल जैविक समाजको बैठकमा वन, वातावरण,पर्यटन मन्त्रालयका सचिव किशोरचन्द्र गौतमले एक नम्वर प्रदेशमा प्राकृतिक स्रोतसाधन प्रशस्त भएकोले यसको परिचालन मात्र गर्न सके अर्थतन्त्र यसैमा आश्रित हुने बताउनुभयो ।

सगरमाथा राष्ट्रिय निकुञ्ज र कोशी टप्पु वन्यजन्तु आरक्षको सबलीकरण र पर्यटन व्यस्थापन गर्न सकियो भने यसैबाट समृद्धि हुने सचिव गौतमको भनाइ थियो । समाजका सल्लाहकार प्रा.डा. रामबहादुर थापाले कोशी उच्च बाँध बनाउन नहुने तर्र्क राख्दै भूकम्पीय उच्च जोखिम भएकोले यो अभिषाप हुनसक्ने बताउनुभयो । वैठकमा डा. भरतराज सुब्बाले जीव विज्ञानका विज्ञसमूहले समाजलाई योगदान गर्नुपर्ने कुरा धेरै बाँकी रहेकाले त्यसतर्फ लाग्न आग्रह गर्नुभयो ।

प्रा.डा. दामोदर थापा क्षेत्रीले विराटनगरलगायतका शहरहरुमा सामुदायिक कुकुरहरुको प्रकोप बढेकोले यिनको व्यवस्थापन गर्न ध्यान दिनुपर्ने बताउनुभयो । सो छलफलमा प्रा.डा. शिवकुमार राईले मोरङ जिल्लाको हसिना सिमसार क्षेत्रभन्दा उत्तरतिर पाइने रातो लेउ संसारमा अन्त कहीँ नपाइने भएकोले त्यसक्षेत्रलाई एल्गी(लेउ) संरक्षण क्षेत्र घोषणा गर्न माग गर्नुपर्ने कुरा राख्नुभयो ।

विराटनगरका पूर्वमेयर रमेशचन्द्र पौडेलले सिमसार,जैविक विविधताको संरक्षण तथा नीति निर्मातालाई सहयोग पुग्ने किसिमका गतिविधि गर्न जैविक समाजलाई आग्रह गर्नुभयो । कार्यक्रममा प्रा.डा. तेजनारायण मण्डल,विन्दु पोखरेल, डा.भविन्द्र निरौला, प्रकाश यादव, रामचन्द्र अधिकारीलगायतले आ–आफ्नो राय प्रस्तुत गर्नुभएको थियो ।lady era

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३