Breaking News

buy Cialis soft FRUIT online cheap, zithromax reviews. विराटनगर ११ फागुन । सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेश सरकार मार्फत बन्ने शिक्षा निती निर्माण गर्दा आफूले निजी क्षेत्रसँग मितेरी सम्बन्ध गास्न चाहेको बताउनु भएको छ ।

चिनो साटासाट गरेर कायम हुने मितेरी सम्बन्ध दिर्घकालसम्म रहने भन्दै त्यस्तै लेनदेन गरेर शिक्षा निती बनाउने पक्षमा आफू रहेको बताउनुभयो । निजी विद्यालय र अभिभावकबिचको दुरी घटाउने विषयमा आफू गम्भिर हुने बताएका मन्त्री घिमिरेले निजि विद्यालयले न्यून शुल्कमा गुणस्तरीय शिक्षा दिनेतर्फ अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।

आज साँझ सामाजिक विकास मन्त्री घिमिरेको सम्मानमा प्याब्सन मोरङले आयोजना गरेको कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो ।

मन्त्री घिमिरेले निजि विद्यालयको वर्गीकरण, सरकारी र निजि विद्यालयको अन्तर र अन्तरविरोध कम गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन, प्याब्सनका केन्द्रिय सल्लाहकार टीकाराम पुरीले शिक्षा क्षेत्रलाई अंकुश लगाएर मुठीमा राख्ने नभई स्वतन्त्र रुपमा प्रतिष्पर्धा गर्ने वातावरण बनाईनुपर्नेमा जोड दिनुभयो ।

प्याव्सन मोरङकका बरिष्ठ सल्लाहकार केशवलाल सिंह सुवालले सीमावर्ती क्षेत्रमा रहेका निजी विद्यालयहरुले एक/अर्को देशका बालबालिकालाई सहज रुपमा अध्ययन गराउन पाउने वातावरणको व्यवस्था मिलाउन आग्रह गर्नुभयो ।

प्याव्सन मोरङका अध्यक्ष सुनिल पौडेलले मन्त्री घिमिरेलाई शिक्षा क्षेत्रसँग जोडिएका निति निर्माण गर्दा निजी क्षेत्रको सहभागितामा जोड दिन आग्रह गर्नुभयो । समाजिक विकास मन्त्री घिमिरेलाई पौडलले सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३