प्रकाशित : १० फाल्गुन २०७४, बिहीबार १८:३३

Silvitra tab online, generic Zoloft. विराटनगर, १० फागुन । प्रदेश नम्बर १ को अस्थायी मुकाम विराटनगरमा रहेका सार्वजनिक देखि लिएर सबै खाले शौचालयको अवस्था दयनिय रहेको प्रतिवेदन आज सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको छ ।

स्वास्थ्य, शिक्षा, महिला बालबालिका, युवा तथा खेलकुद र श्रमको क्षेत्रमा काम गर्ने क्षेत्राधिकार पाएको उक्त मन्त्रालयले आफ्नो पहिलो कामका रुपमा शौचालय अनुगमन गरेर प्रतिवेदन सार्वजनिक गरेको हो । विराटनगरका सरकारी निकाय, निजी क्षेत्र एवं सार्वजनिक स्थलमा प्रयोगमा रहेका शौचालयको दुरदशाका बारेमा प्रतिवेदन तयार पारिएको छ ।

शौचालयको प्रयोगका बारेमा अनुगमन एवं मूल्याँकन गर्नका लागि जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख चन्द्रदेव मेहता, सामाजिक विकास मन्त्रालयका उपसचिव फणिन्द्र खत्री, खाने पानी तथा सरसफाई डिभिजन कार्यालय विराटनगरका इन्जिनियर मोहन महासेठ सहितको टोली मन्त्रालयले खटाएको थियो ।

सामाजिक विकास मन्त्री जीवन घिमिरे आफै अनुगमनमा खटिनु भएको थियो । टोलीले सरकारी कार्यालय, स्वास्थ्य संस्था, विद्यालय, सार्वजनिक स्थल, निजी स्तरमा संचालित उद्योगमा प्रयोगमा रहेका शौचालयको अनुगमन गरेको थियो ।

मन्त्रालयका उपसचिव खत्रीका अनुसार सबै ठाउँमा पुगेर शौचालयमा पानी, सावुन र विद्युतको उपलब्धता, सरसफाई, महिला पुरुषका लागि अलगअलग, अपाँग मैत्री , टाली मार्वल जडान, भेन्टिलेसन, सुरक्षाका लागि चुकुल भए/नभएको लगायतलाई शौचालय प्रयोगको अवस्थालाई अनुगमनको आधार बनाइएको थियो । खत्रीले कुनै शौचालय नाम मात्रका मात्रै रहेको बताउनु भयो । उहाँका अनुसार अनुगमन गरिएका मध्ये अधिकांस शौचालयमा सावुन, पानी, विद्युत एवं सुरक्षाका लागि ढोकामा चुक्कुलको व्यवस्था नभएको र सरसफाईमा ध्यान नदिएको पाइएको छ ।

खत्रीले कतिपय शौचालयमा निकासको व्यवस्था नभएको र शौचालयको निकास ढल तथा नालामा लगेर मिसाइदिएको पनि भेटिएको बताउनु भयो । जनस्वास्थ्य प्रमुख मेहताले शौचालयको अनुगमन गरेर सबै सरकारी निकाय एवं निजी क्षेत्रलाई शौचालय व्यवस्थापनमा ध्यान दिन निर्देशन दिएको पनि बताउनु भयो । उहाँका अनुसार महानगरपालिकामा रहेका शौचालयको अवस्था अत्यन्तै दयनिय रहेको पाइयो ।

अनुगमनका क्रममा विराटनगर महानगरपालिका ८ हाटखोलामा सशुल्क रुपमा रहेको सार्वजनिक शौचालयको व्यवस्थापन राम्रो रहेको पाइएको छ । कटहरी गाउँपालिका २ का अनिल मरिक र उहाँकी पत्नी ममता मरिकले शौचालय व्यवस्थापन र संचालनको जिम्मा लिएका छन् । उपसचिव खत्रीले अनुगमन गरिएका मध्ये हाटखोलामा रहेको शौचालय अत्यन्तै व्यवस्थित रहेको जानकारी दिनु भयो ।

उनका अनुसार यो शौचालयमा पानी एवं सावुनको व्यवस्था भएको, सफासुग्घर, अपाँग एवं लैङ्गिक मैत्री, टाली र मार्वल जडान गरिएको पाइयो । सार्वजनिक शौचालय व्यवस्थापनमा ध्यान पुर्याएको भन्दै मन्त्री घिमिरेले मरिक दम्पतीलाई आज नगद सहित सम्मान गरेका छन् । अनिलकी पत्नी ममतालाई दोशल्ला र प्रशंसा पत्र सहित नगद पाँच हजार रुपैयाँ घिमिरेले प्रदान गर्नु भयो ।

मन्त्री घिमिरेले शौचालय अनुगमनले स्वास्थ्य र सरसफाईको चेतनास्तर र आगामी दिनमा सामाजिक विकास मन्त्रालयले अगाडि सार्ने नीति तथा कार्यक्रम निर्माणमा सहयोग पुग्ने बताउनु भयो ।pharmacy

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३