रामचन्द्र अधिकारी प्रकाशित : १० फाल्गुन २०७४, बिहीबार १५:४३

Caverta online, order dapoxetine. रामचन्द्र अधिकारी

सुन्ने मान्छे एउटा घरको कोठामा अट्ने गरिका छन् तर साउण्ड बक्स घन्काइएको छ सारा टोलबाजर थर्किने गरी । आजकाल मानिसहरुले पुराण लगाउने साइत परेको रहेछ । टोलैपिच्छेका पुराणका आवाजले शहर गुञ्जिएको छ । अनि मन्दिर र मस्जिदका स्थायी माइकआवाज त छँदैछन् ।

यदि तपाईँको घर मन्दिर या अन्य कुनै धार्मिक पवित्रता भएको ठाउँ नजिक छ भने त्यहाँबाट आउने आवाजले आजित बनाएको होला । मन्दिरको छेवैमा निवास हुनेहरुलाई दैनिक विहान बेलुका हुने पूजाआजाले त असर नपर्ला तर सो आवाजलाई वृहतीकरण गरेर माइकबाट प्रसारण गरेपछि समस्यामा पिरोलिन बाध्य बनाएको पक्कै छ । मन्दिर,मस्जितलगायतका धार्मिक धरोहरबाट सिर्जित माइकबाट उत्सर्जित ध्वनिले नेपालका गाउँशहर सबैतिर असर भोग्ने मानिसहरु कम छैनन् ।

तत्कालीन जीवन र दैनिक क्रियाकलापमा यस्तो आवाजबाट आजित हुनु त स्वभाविकै भयो । अझै विचारणीय आयाम भनेको उच्च ध्वनिको दीर्घकालीन असर । माइकको जस्तो प्रदूषित ध्वनिको दीर्घकालीन परिणाम कस्तो आउँछ भन्ने बारेमा धेरै पीडितहरुको ज्ञानले नदेखेको हुनसक्छ । तथ्य बुझेपछि झन् पिरोलो थपिने एउटा संभावना रहला तर सकरात्मक सन्देश के स्थापित हुन सक्छ भने धार्मिक अनुष्ठानको माइकको आवाज हानिकारक हो भन्ने सबैले बुझेर यसलाई बन्द गर्ने जनआवाज आउला ।

पुराण लगाउने सन्दर्भ या लगन फागुन चैत महिनामा जुर्दोरहेछ । योबेला प्रत्येक टोलमा पुराणका माइक घन्किएका सुनिन्छन् । मूलत पूर्वी नेपालमा यस सबालमा अति अवैज्ञानिक र स्वास्थ्यनाशक चलन बसेको छ । कुनै घरमा पुराण लगाइन्छ । पुराण सुन्ने मानिस बढीमा सय होलान् । तर धुरीमा टिनको फूँदो राखेर आसपासका हजार मानिसलाई सुनाइन्छ ।

ज्ञात अज्ञात सबै छिमेकीलाई पुराण यसरी सुनाउने भए किन कसै कसैलाई चाहिँ निमन्त्रणा गर्ने । घरकै मानिसले पुराण सुरु गरिदिने, त्यसमा पनि बाचन रेकर्ड गरेर ल्याउने अनि माइकबाट बजाइदिने । खर्च पनि लागेन पुराणबाट पून्य पनि प्राप्त हुने भयो । होइन भने किन धुरीबाट ध्वाँ फुक्ने । एक दिन मात्र नभई सात या नौ दिनसम्म यस ढाँचाबाट आवाज बुलन्द गरिदिँदा छिमेकी मात्र होइन, स्वयम् घरका मानिसहरुसमेत नजानिदाँे तरिकाले समस्यामा फसिरहेका हुन्छन् ।

घरबाहेक धार्मिक स्थल, मन्दिर मस्जितमा बजाइने आवाजले पनि मानिसहरुलाई आघात तुल्याएका गुनासाहरु सर्वत्र सुनिन्छ ।
माइकलगायतका साधनबाट निस्कने आवाज कति हानिकारक हुन्छ भन्ने सम्बन्धमा चर्चा गरौँ । मानिसले सुन्न सक्ने आवाज भनेको २० हर्जदेखि २० किलोहर्ज आवृत्ति भएको मात्र हो । योभन्दा सानो या ठूलो आवाज सुन्ने क्षमता मानिसमा छैन ।

तर अन्य जनावरहरु जस्तै चमेराले अति ठूलो र मूसाजस्ता जनावरले अति सूक्ष्म आवाज सुन्दछन जुन मानिसले सुन्न सक्दैनन् । सामन्यतया चिकित्सकहरुको भनाइअनुसार ७० डेसिवलसम्मको तिव्रता भएको ध्वनि सुन्नलाई ठीकै मानिन्छ ।

८० डेसिबलभन्दा बढी तिव्रता भएको ध्वनि सुन्नलाई हानिकारक मानिन्छ किनकि यसले कानलाई निकै असर गर्छ । १०० भन्दा माथिकोलाई घातक एवम् खतरनाक मानिन्छ किनकि यसले कानमा पारेको असरलाई सुधार र पुनःमर्मत गर्न सकिन्न । माइक बज्दाखेरी १०० डेसिबलभन्दा ठूलो आवाज आउँछ ।
नेपालमा कति मानिस छिमेकीले निकालेको ठूलो आवाजबाट पीडित भएका छन् बारे यकिन तथ्यांक छैन तर विदेशतिर यसबारे अध्ययन भएका छन् । अध्ययन प्रतिवेदनअनुसार बेलायतमा पौने दुई करोड मानिस उनीहरुका छिमेकीले गरेको ध्वनि प्रदूषणबाट आजित भएका रहेछन् ।

अमेरिकाको वातावरण संरक्षण नियोग ( इपिए)ले गरेको अध्ययनको प्रतिवेदनले भन्छ– अल्प विकसित देशहरुमा पुराना यातायातका साधन र यस्तै धार्मिक कार्यक्रमहरुमार्फत करोडौँ मानिसहरु ध्वनि प्रदूषणको शिकार भएका छन् । संसारमा सुन्ने शक्ति कम भएका मान्छेहरुको संख्या र अनुपातसमेत दिनानुदिन बढिरहेका तथ्यांकहरुमा उद्धृत भएका छन् ।

जस्तैः अमेरिकामा भएको एउटा सर्वेक्षणले के देखाएको छ भने बुढ्यौलीको कुनै निश्चित उमेरमा पुगेर कान कम सुन्ने अघिल्ला पुस्ताभन्दा पछिल्ला पुस्ताहरुको संख्या अढाइ गुना बढी पाइयो ।

सन् २०५० सम्ममा कानको समस्या भएका मानिसको संख्या अमेरिकामा मात्र ५ करोड पुग्ने पनि सोही संस्थाले प्रक्षेपण गरेको भविष्यवाणीपत्रमा उल्लेख गरिएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार ४५ डेसिवलसम्मको आवाजमात्र स्वास्थ्यको लागि अहानिकारक मानिन्छ । तर भारतका प्रायस शहरहरुमा ९० डेसिवलभन्दा अधिक नै पाइएको सो संगठनको प्रतिवेदनमा उल्लेख छ ।

यसआधारमा नेपाल पनि पछाडि छ भन्न सकिन्न किनकि नेपालका गाडीहरुको अवस्था भारतीयभन्दा राम्रो छैन । फेरि अनुभव भएका व्यक्तिहरुका अनुसार भारतमा धार्मिक कार्यक्रमको असर ध्वनिमा छैन, तापनि उच्च प्रदूषण ।

हिन्दूहरुका अधिकांश माइक बजाइने खालका पर्वहरु, पूजा पुराण यही फागुन चैत महिनातिर पर्दारहेछन् । त्यसैले यी महिना ध्वनि प्रदूषणका दृष्टिले हानिकारक मानिएका हुन् । धार्मिक कार्य तथा विवाह मण्डपमा बजाइएका माइकको आवाजले काममा पार्ने अवरोधात्मक असर एकातिर छ । जस्तै विद्यार्थीलाई पढ्नमा असर, केन्द्रिकृत भएर काम गर्न, अनुसन्धान कर्ममा,विरामीलाई झर्को आदि ।

अनाहकमै यसरी आवाज प्रसार गरिदिएपछि छिमेकीहरुबीचमा झैभगडाको वातावरण तयार भइदिन्छ । अर्कातिर कानुनी हिसाबले पनि यो वातावरणीय अन्याय हो । नागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकारको हनन् हो ।

सबैभन्दा जटिल पक्ष के भने माइकलगायतका ठूला आवाजबाट आउने ध्वनिले सन्तानदर सन्तानलाई पुर्याउने हानि विकराल छ । गर्भवति महिलालाई यस्तो आवाज खतरनाक ठहराइएको छ किनकि यसले टाउको दुख्ने, वाकवाकी समस्या, रिङ्टा लाग्ने मात्र होइन प्रदूषित ध्वनिले हर्मोनको उत्पादनमा गडबडी ल्याई गर्भ बिगारिदिने डर हुन्छ ।

गर्भ धारण भएको १५ देखि ६० दिनमा पेटमा बनेको बच्चाको स्नायुप्रणाली र भित्री नरम अंगहरु बन्ने क्रममा हुन्छन् । र, उक्त उमेरको पेटको बच्चाले मोटोर एक्टिभिटीमार्फत आवाज ग्रहण गर्न सक्षमता प्राप्त गरिसकेको हुन्छ । तसर्थ प्रदूषित ध्वनिले बन्दै गरेको बच्चामासहित ठूलो नोक्सानी निम्त्याउँछ । गर्भवति महिला ६५ डेसिबलभन्दा तिव्र ध्वनिमा लमो समय बस्नुहुन्न भन्ने जीववैज्ञानिकहरुको राय रहेको छ ।

ताइवानी गर्भवतीहरुमा एउटा सर्वेक्षण त्यहाँको एक संस्थाले गरेको थियो । उसको प्राप्ति के देखियो भने ध्वनिप्रदूषित क्षेत्रमा रहेका गर्भवतीबाट कम लौल भएका बच्चा जन्मिए । यस्तै अनुसन्धान ईपीएले पनि अमेरिकामा गरेको थियो । उसको प्रतिवेदन ताइवानीसँग मेल खायो ।
प्रदूषित माइकको जस्तो आवाजले प्रजनन् क्षमता, स्नायु क्षमता,मांसपेसीय कार्यकुशलता पूरै कमजोर पारिदिने शास्बहरुमा उल्लेख भएको पाइन्छ । वास्तवमा हाम्रा गाउँशहरका टिनको फूँदो भएका माइकको आवाज अगाडि १५ मिनेटभन्दा धेरै बस्नै नहुने अन्तरराष्ट्रिय मापदण्ड छ । भनेपछि आफूू कुन स्थानमा छु भन्ने चाहिँ आफैँले कुरा बुझौँ । सुन्द अनौठो लाग्ला यस्तो कोलाहलले त चाँडै उमेरमा बूढो देखिने, रगतमा खराबीलगायतका समस्या ल्याउँछ ।

आखिर आवाजलाई ठूलो नबनाउँदा के हुने ? टिनको फूँदो नै लाउनु पर्ने या बडेमानको बक्स नै राख्नुपर्ने के त्यस्तो नियम छ ? जति मानिस पुराण सुन्न बसेका छन् उनलाई मात्र सुनाउने किसिमको ध्वनिप्रवद्र्धक यन्त्र जडान गरे भइगयो । मन्दिर र मस्जिदहरुमा माइक जरुरी छैन । जरुरी मानिन्छ भने प्रत्यक्ष सुन्न बसेकालाई मात्र पुग्ने किसिमको माइक व्यवस्था गरौँ ।

जसले ठूलो आवाज जडान गरेको छ, शिकार त उ स्वयम् नै भइरहेकै छ नि । तसर्थ आत्माशान्ति पाउने बहानामा, आत्माबल र विश्वास बढाउने नाममा माइकको आत्मघाती आवाजलाई आजैदेखि अन्त्य गर्ने आवाज उठाई कार्य आरम्भ गरौँ ।

इमेलः [email protected]

 pharmacy

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३