प्रकाशित : ९ फाल्गुन २०७४, बुधबार १८:३८

buy Viagra Super Active, cheap clomid. विराटनगर, ९ फागुन । मोरङको सुन्दरहरैचामा सम्पन्न प्रदेश स्तरिय भलिवल प्रतियोगिताको उपाधि विराटनगरको निहारिका कलेजले जितेको छ ।

सुकुना बहुमुखी क्याम्पस स्ववियुको आयोजनामा भएको अन्तर कलेज स्तरिय भलिवलमा सुनसरी धरानको महेन्द्र बहुमुखी क्याम्पसलाई पराजित गर्दै निहारिकाले उपाधि जितेको हो । निहारिकाले ३–० को सोझो सेटले पराजित गरेको हो । उसले २५–१९, २५–२२ र २५–१९ को सेटले महेन्द्र बहुमुखीलाई पाखा लगाएको थियो ।

उपाधिसँगै निहारिकाले ५५ हजार ५ सय ५५ नगद र ट्रफी तथा उपविजेता महेन्द्र क्याम्पसले ३३ हजार ३ सय ३३ र ट्रफी जितेको छ । प्रतियोगितामा निहारिका कलेजका सन्तोष तामाङ म्यान अफ द टुर्नामेन्ट भए ।

उनले नगद १ हजार ५ सय र ट्रफी जितेको थिए । प्रतियोगितामा प्रदेश नं १ का २८ वटा कलेजको सहभागिता रहेको थियो । विजेता, उपविजेता टिमलाई प्रदेश सांसद राजकुमार ओझाले पुरस्कार वितरण गर्नु भएको थियो ।pharmacy

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३