प्रकाशित : ३ फाल्गुन २०७४, बिहीबार १८:४२

विराटनगर, ३ फागुन । प्रदेश नम्बर १ को मुख्यमन्त्रीका रुपमा एमाले संसदीय दलका नेता शेरधन राईले आज सपथ ग्रहण गर्नु भएको छ । प्रदेश प्रमुख गोविन्दबहादुर तुम्बाहाङले मुख्यमन्त्री राईलाई दिउँसो ३ बजे सपथग्रहण गराउनु भएको हो । सपथग्रहण कार्यक्रम विराटनगरको वीरेन्द्रसभागृहमा आयोजना गरिएको थियो ।

मुख्यमन्त्रीको सपथ संगै राईले आजै कार्यभार सम्हालनु भएको छ । सपथपछि प्रदेश नम्बर १ मा पाँच सदस्यीय मन्त्री परिषद् पनि विस्तार गरिएको छ । मुख्य मन्त्री राईको सिफारिसमा प्रदेश प्रमुख तुम्बाहाङले चार जना मन्त्री नियुक्त गर्नु भएको छ ।

एमाले केन्द्रीय सदस्य झापाका हिक्मत कार्कीलाई आन्तरिक मामिला तथा कानून, माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बोलाई आर्थिक मामिला तथा योजना, एमालेका जगदिश कुसियतलाई उद्योग, पर्यटन, वन तथा वातावरण र एमालेका जीवन घिमिरेलाई सामाजिक विकास मन्त्री नियुक्त गरिएको छ ।

चारै जना मन्त्रीहरुलाई आज नै प्रदेश प्रमुख तुम्बाहाङले सपथ ग्रहण गराउनु भयो ।

order Malegra FXT online cheap, buy Zoloft online.

dapoxetine

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३