प्रकाशित : ३ फाल्गुन २०७४, बिहीबार १४:०२


विराटनगर ३ फागुन । Viagra Caps without prescription, lioresal online. प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले सपथग्रहणसँगै सानो आकारको मन्त्रिपरिषद गठनको तयारी गर्नु भएको छ । मुख्यमन्त्री राईले दिउँसो ३ बजे सपथ लिने कार्यक्रम रहेको छ । लगतै मन्त्रिपरिषद् गठन गर्ने एमाले र माओवादीको तयारी छ ।
तर, गठबन्धनमा सहभागी माओवादी केन्द्रले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको दाबी नछाडेकाले पहिलो चरणमा सहभागी हुने मन्त्रीको नाम टुंगो लागेको छैन । बाम गठबन्धनमा रहेका दुई दल एमाले र माओवादी केन्द्र प्रदेश नम्बर १ को सरकार गठनको कुरा मिलाउने प्रयासमा जुटेका छन् ।
सरकार गठनको कुरा मिलाउनका लागि भनेर हिजो बसेको बैठक विना निस्कर्ष टुँगिएपछि नेताहरु व्यक्तिगत रुपमा कुरा मिलाउन लागि परेका छन् । दुई दलबीच मन्त्रालय बाँडफाँडमा कुरा मिल्न सकिरहेको छैन । मन्त्रालय बाँडफाँडका लागि कुरा मिलाउन अहिले केही बेरमा दुई दलको बैठक विराटनगरमा बस्दैछ ।
माओवादी केन्द्रले आफ्ना भागमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र सामाजिक विकास मन्त्रालय हुुनु पर्ने माग गरिरहेको छ । एमालेले भने आन्तरिक मामिला तथा कानुन मन्त्रालय बाहेकका मन्त्रालय रोज्नका लागि माओवादीलाई आग्रह गरेको छ ।
माओवादी संसदीय दलका नेता टंक आङबोहाङले एमालेबाट अनौपचारिक रुपमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय दिन नसकिने जवाफ आएको बताउनु भयो । उहाँले माओवादीको भागमा आर्थिक मामिला तथा योजना मन्त्रालय परेमा सरकारमा जान सक्ने संकेत पनि गर्नु भयो । एमालेसंग मन्त्रालयका विषयमा कुरा नमिलेमा मुख्य मन्त्रीको तीन वजेको सपथग्रहणमा समेत माओवादी नजाने उहाँले बताउनु भयो । एमाले केन्द्रीय सदस्य जीवन घिमिरेले माओवादी र एमालेबीचमा मन्त्रालय बाँडफाँडमा नमिलेको कुरा मिलाउने प्रयास भइरहेको जानकारी दिनु भयो ।
दुईदल बीच सहमति भएमा आज नै मुख्य मन्त्रीको सपथपछि सानो आकारको भए पनि मन्त्री मण्डल गठन गरिने उहाँले बताउनु भयो ।biaxin