ई. रमण श्रेष्ठ प्रकाशित : २ फाल्गुन २०७४, बुधबार १३:०८

ई. रमण श्रेष्ठ
स्ट्रक्चरल ईन्जिनियर
buy Brand Viagra, zithromax without prescription. राष्ट्रिय पुननिर्माण प्राधिकरण

नेपाल विश्वका अति भुकम्पिय जोखिम भएका मुलुकहरुमध्ये ११ औं स्थानमा पर्छ । वि. स. २०७२ वैशाख १२ गते (सन. २५, अप्रिल २०१५) शनिबारका दिन स्थानिय समय अनुसार ११.५६ वजे गोरखा जिल्लाको बारपाक गाँउलाई केन्द्रविन्दु बनाई ७.६ म्याग्निच्युडको भुकम्पले नेपालको भुभागमा बनाईएका हजारौ विद्यालय भवनहरुमा क्षति पुर्यायो ।

सामान्यता, तराई क्षेत्रमा सिमेन्ट ढलाई र फलामे डण्डी प्रयोग गरि पक्कि विद्यालय भवन बनाईएको पाईन्छ भने पहाडी तथा हिमाली क्षेत्रमा ढुङ्गा ईट्टामा माटो वा सिमेन्टको जोडाईले निर्माण गरिएको पाईन्छ र गोरखा भुकम्पले पहाडी तथा हिमाली क्षेत्रका विद्यालयमा बढी क्षति पुर्याएको पाईयो । उक्त विनाशकारी भुकम्पले नेपालको विभिन्न जिल्लामा बनाईएको ८,२४२ सामुदायिक विद्यालय भवनहरुमा असर पुर्यायो जसमध्ये २५,१३४ कक्षाकोठा पुर्ण रुपमा क्षति ग्रस्त पाईयो भने २२,०९७ कक्षाकोठा आंशिक क्षति ग्रस्त पाईयो ।

निजि विद्यालय अन्र्तगत ९५६ कक्षाकोठा पुर्ण क्षति ग्रस्त पाईयो भने ३,९८३ कक्षाकोठा आंशिक क्षति ग्रस्त अवस्थामा पाईयो । उच्च शिक्षा अध्ययनरत सामुदायिक भवन अन्र्तगत १,२९२ कक्षाकोठामा पुर्ण क्षति देखियो भने ३,०४० कक्षाकोठामा आंशिक क्षति देखियो (स्रोतः राष्ट्रिय योजना आयोग, Post Disaster Needs Assessment (PDNA) ) । उक्त क्षति ग्रस्त विद्यालयहरु पुनःनिर्माण गर्न अनुमानित १ खर्ब ८० अर्ब रुपैयाँ लाग्ने आकलन गरिएको छ (स्रोतः राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, Post Disaster Recovery Framework (PDRF)।
हजारौ कक्षाकोठा पुर्ण र आंशिक क्षतिले गर्दा अनुमानित १० लाख विद्यार्थीहरुको अध्ययन/अध्ययापनमा गम्भिर असर परेको छ ।

भुकम्प गएको ३३ महिना सम्मको अवधिलाई अवलोकन गर्ने हो भने अधिकत्म विद्यालय भवनहरु पुनःनिर्माण हुन सकेको छैन । यसको मुख्य कारणहरु नेपालको भौगोलिक विकटता, आवश्यक वजेट विनियोजनको अभाव, पुनःनिर्माण प्राधिकरण गठनमा ढिलाई, राजनितिक अस्थिरता, उचित डिजाईन, ईष्टिमेट गर्न आवश्यक दिशानिर्देनको लागि भवन आँचार सहितामा समस्या, आवश्यक निर्माण सामाग्री ढुवानी गर्नमा समस्या र दक्ष प्राविधिक तथा अनुभवी जनशक्क्तिको अभाव ।

उल्लेखित कारणहरु मध्ये अत्याधिक मात्रामा चाहिने आवश्यक निर्माण सामाग्रीहरु निर्माण स्थल सम्म पुर्याउन नसक्नु मुख्य कारणको रुपमा देखिन्छ किनभने अझै सम्म पनि हाम्रो देशको विभिन्न जिल्लाहरुको ग्रामिण भुभागमा सडक निर्माण हुन सकेको छैन जसको प्रत्यक्ष असर भुकम्प पछिको पुनःनिर्माण प्रकृयामा देखि रहेका छौ ।

यहि ढिलासुस्ती र राजनैतिक खिचातानीमा नै अल्झिरहने हो भने अझै केहि वर्ष सम्म पनि लाखौ विद्यार्थीहरु विना कक्षाकोठामा अध्ययन/अध्ययापन गर्न बाध्य हुनेछ र यसको असर देशले भविष्यमा निकै ठुलो परिणाममा भोग्न पर्नेछ । तर्सथ यस विषयलाई समयमा नै मध्यनजर गरी सरकार, राजनैतिक दल, शिक्षा क्षेत्रमा काम गरिरहेका अर्धसरकारी तथा गैर सरकारी निकाय र अन्य सरोकारवालाहरुको ध्यानकार्षण गर्न जरुरी छ । भुकम्प प्रतिरोधी विद्यालय भवन भित्र अध्ययन गर्न पाउनु पर्ने विद्यार्थीहरुको हक अधिकारबाट बञ्चित हुन नदिन चाडो भन्दा चाडो सुरक्षित विद्यालय भवन पुनःनिर्माण गरी लाखौ विद्यार्थीहरुको भविष्य सुनिश्चित गर्न सकियोस ।

नेपालको तराई भुभागलाई हेर्ने हो भने विद्यालय पुनःनिर्माण गर्न सहज देखिन्छ भने पहाडी तथा हिमाली भुभागलाई हेर्ने हो भने निकै जटिल रुपमा पाईन्छ । पहाडी तथा हिमाली भुभागमा चाडो निर्माण कार्य अगाडि बढाउन निम्न कुरालाई ध्यानमा राखि अगाडि बढ्न सकिन्छ ।

१). ग्रामिण सडक निर्माण कार्यलाई प्राथिमिकतामा राखी चाडो निर्माण कार्य अगाडि बढाउन पर्ने हुन्छ ।

२). ग्रामिण क्षेत्रमा उपलब्ध स्थानिय स्रोत र साधनको उचित प्रयोगको निम्ती आवश्यक अनुसन्धान हुन जरुरी छ । नेपालको पहाडी तथा हिमाली क्षेत्रमा अत्याधिक मात्रामा पाईने निर्माण सामाग्रीहरु जस्तै माटो, ढुङगा, काठ ईत्यादीमा सरोकार पक्षबाट आवश्यक अनुसन्धान गरी त्यसको अधिकत्म प्रयोग गर्न सकियो भने पुनःनिर्माण प्रकृृयाले नयाँ गति लिन सक्ने देखिन्छ ।

३). भुकम्प पश्यात छिटो, छरितो र भुकम्पिय प्रतिरोधी भवन निर्माण गर्न वैकल्पिक सामाग्रीहरुको प्रयोगमा जोड दिन सकिन्छ । वैकल्पिक सामाग्रीहरु अन्तरगत Cement Stabilized Earth Brick/Block ( CSEB), Interlocking Concrete Block, Light Cladding Materials, Galvanized Wire Mesh  ईत्यादी हुन । तर यस किसिमको सामाग्रीहरुको प्रयोगमा लैजान भन्दा अगाडी सम्भावयता अध्ययन, उचित प्रयोगशाला परिक्षण, आवश्यक अनुसन्धान गरी यस किसिमका सामाग्रीहरुको स्थायित्व पत्ता लगाउन जरुरी छ । यस किसिमका सामाग्रीहरु स्थानिय स्रोत, साधन र जनशक्तिको प्रयोग गरि निर्माण स्थलमा नै उत्पादन गर्न सकिने छ । अधिकत्म मात्रामा स्थानिय स्रोत र जनशक्तिको परिचालन हुने हुदाँ यस किसिमका सामाग्रीहरु सस्तो मात्र नभई स्थानिय जीवनस्थर बृद्धिमा समेत ठुलो महत्व राख्ने देखिन्छ ।

४). सम्पुर्ण पुनःनिर्माण गर्नुपर्ने विद्यालय भवनहरुको लागत ईष्टिमेट तयार परि आवश्यक वजेट बार्षिक वा क्रमागत कार्यक्रमको खाँका तयार गरि निर्माण कार्य अगाडि बढाउन पर्ने हुन्छ ।

५). आवश्यक प्राविधिक तथा पुनःनिर्माण कार्य सम्बन्धित सम्पुर्ण योजना तथा कार्यन्यवन गर्ने हक, अधिकार र दाहित्व पुनःनिर्माण प्राधिकरणमा निहित हुन आवश्यक छ ताँकी पुनःनिर्माण प्रकृयाले तिब्र गति लिन सकोस ।

६). नेपालको क्षेत्रगत विकटतालाई ध्यानमा राखि ग्रामिण भुभागमा उपलब्ध स्रोत, साधन र बैकल्पिक सामाग्रीहरुको सहि सदुप्रयोग गरि भवन डिजाईन, ईष्टिमेट र अनुगमनको लागि उचित दिशानिर्देशन गर्न भवन आँचार सहिँताले खुलस्त रुपमा प्रष्टाउन जरुरी छ ।

७). दक्ष प्राविधिक तथा जनशक्ति परिचालनको लागि आवश्यक उपलब्धि मुलक तालिम, कार्यशाला गोष्ठी ईत्यादीको ब्यवस्था गरि उनिहरुको जिम्मेवारी, दाहित्व र जवाफदेहि भुमिका प्रति ध्यानकार्षण गर्न आवश्यक छ ।

८). निर्माण ब्यवसाय प्रति लगाव राख्ने ठेकेदार, निर्माण कम्पनी र अन्य सरोकारवालाहरुलाई समेत सुरक्षित भवन निर्माण सम्बन्धि ज्ञान दिनु पर्ने आवश्यकता छ । निर्माण समय अवधि भित्र कार्य सम्पन्न गर्ने ठेकेदार तथा निर्माण कम्पनीलाई प्रोत्साहन र कार्य सम्पन्न गर्न नसक्ने ठेकेदार तथा निर्माण कम्पनीलाई कारबाही गर्न सक्ने क्षमता सम्बन्धित निकायले राख्न जरुरी छ । साथै ठेकेदार तथा निर्माण कम्पनीलाई ईजाजत पत्र दिदाँ उक्त ठेकेदार तथा निर्माण कम्पनीको भवन निर्माण सम्बन्धिको न्युनतम दक्षता जाँच गर्न अति आवश्यक देखिन्छ ।cialis

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३