प्रकाशित : २९ माघ २०७४, सोमबार १८:२४

order Super Tadarise online, Zoloft withoutprescription. विराटनगर, २९ माघ । प्रदेश नं १ को प्रदेशसभाका ज्येष्ठ सदस्य ओमप्रकाश सरावगीले सभामुख पदमा प्रदीपकुमार भण्डारीलाई आज निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभयो ।

यसअघि आज प्रदेशको संसद् शुरु भएपछि सभामुख पदको एकमात्र उम्मेदवार रहनुभएका प्रदीपकुमार भण्डारीलाई निर्वाचित गरियोस् भनी प्रस्ताव टेबुल गरिएको थियो । ज्येष्ठ सदस्य एवं सभाका सञ्चालक ओमप्रकाश सरावगीले प्रदेशसभा सदस्य तुलसीप्रसाद न्यौपानेलाई सभामुख पदका एकमात्र उम्मेदवार भण्डारीको प्रस्ताव पेश गर्न निर्देशन जारी गर्नुभयो ।

प्रदेशसभा सदस्य न्यौपानेले प्रदेशसभा सञ्चालनका लागि सभामुखको खाँचो रहेको भन्दै संविधानको मर्म, भावनालाई आत्मसात गरी संयुक्त वाम गठबन्धनको तर्फबाट प्रदीपकुमार भण्डारीलाई संविधानको धारा १८ को १८२ को १ बमोजिम र प्रदेशसभा अन्तरिम कार्यविधि सञ्चालनको दफा ६(१) अनुसार प्रदेशसभाको सभामुखमा निर्वाचित गरियोस् भनी प्रस्ताव राख्नुभयो ।

सभा सञ्चालक ज्येष्ठ सदस्यको निर्देशअनुसार प्रदेशसभा सदस्य लक्ष्मण तिवारीले स्वतन्त्र र निष्पक्ष ढंगले प्रदेशसभा सञ्चालनका लागि सभामुखको आवश्यकता रहेकाले प्रदेश सदस्य न्यौपानेको प्रस्तावलाई समर्थन गर्न प्रस्ताव टेबुल गर्नुभयो । प्रदेशसभा सदस्यहरुले सर्वसम्मत ढंगले सो प्रस्तावलाई समर्थन गरेपछि ज्येष्ठ सदस्य ओमप्रकाश सरावगीले सभामुख पदमा प्रदीपकुमार भण्डारी निर्विरोध निर्वाचित हुनुभएको घोषणा गर्नुभयो ।

प्रदेशसभा आज दिउँसो १ बजेर १९ मिनेटमा शुरु भएर १ बजेर ३५ मिनेटसम्म सञ्चालन भएको थियो । यस्तै प्रदेश नम्बर १ को उपसभामुखको निर्वाचन फागुन ३ गते हुने भएको छ । आज अपरान्ह बसेको बैठकमा नवनिर्वाचित सभामुखमा प्रदीपकुमार भण्डारीले फागुन ३ गते १ बजे उपसभामुखको निर्वाचन हुने जानकारी गराउनुभयो । त्यस्तै आज बसेको दोस्रो बैठकले प्रदेशसभाको सचिवमा अर्को व्यवस्था नभएसम्मका लागि केदारप्रसाद पनेरुलाई अख्तियारी दिएको छ ।top avana

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३