प्रकाशित : २८ माघ २०७४, आईतवार १४:२२

Viagra Super Active without prescription, purchase dapoxetine. विराटनगर, २८ माघ । प्रदेश नं १ को सभामुखका लागि एमाले नेता प्रदीप भण्डारीले मनोनयन दर्ता गर्नु भएको छ । भोली हुने निर्वाचनका लागि भण्डारीले आज मनोनयन दर्ता गराउनु भएको हो ।

संसद सचिवायलयले मनोनयन दर्ताका लागि विहान १० वजे देखि दिउँसो ३ वजे सम्मको समय निर्धारण गरेको छ । संसद सचिवालयमा अहिले सम्म भण्डारीको मात्र मनोनयन दर्ता भएको छ ।

प्रदेश नं. १ मा एमालेको बहुमत सदस्य रहेकाले अन्य दलले सभामुखमा उम्मेदवारी नदिने बुझिएको छ । एमाले र माओवादी केन्द्रको सहमति अनुसार मुख्यमन्त्री र सभामुख एमाले र उपसभामुख माओवादी केन्द्रले लिने छ । सभामुखका लागि एक जनाको मात्र उम्मेदवारी परे भोली बस्ने प्रदेश सभाको बैठकले सर्वसम्मत रुपमा एमाले नेता भण्डारीलाई सर्वसम्मत चयन गर्ने छ ।

सभामुखमा भण्डारीलाई उम्मेदवार बनाउने नेकपा एमालेले प्रदेश १ को संसदीय दलको बैठकले आज निर्णय गरेको हो । प्रदेशसभाको सभामुखमा प्रदीप भण्डारी लाई उम्मेदवार बनाउने निर्णय गरे लगत्तै उहाँले मनोनयन दर्ता गराउनु भए्को हो । सुनसरी १ क बाट निर्वाचित प्रदेश सांसद भण्डारीलाई एमालेले सभामुखको उम्मेदवारमा अघि सारेको हो ।

एमालेको धरान उपमहानगरपालिका इन्चार्ज र सुनसरी जिल्ला सचिवालय सदस्य भण्डारीले ४ वर्षअघि शिक्षण पेशाबाट अवकाश लिनु भएको थियो । उहाँ एमाले सचिव तथा प्रदेश १ इन्चार्ज भीम आचार्यको निकट मानिनुहुन्छ ।lisinopril

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३