Breaking News

एमाले संसदीय दलको नेतामा शेरधन राई विजयी

प्रकाशित मिति : २६ माघ २०७४, शुक्रबार १८:३८

विराटनगर, २६ माघ । Kamagra Polo buy online, buy clomid online. प्रदेश नम्बर १ को एमाले संसदीय दलको नेतामा एमाले पोलिटव्यूरो सदस्य शेरधन राई विजयी हुनु भएको छ । प्रतिष्पर्धी एमाले सचिव एवं पार्टीका प्रदेश संयोजक भीमप्रसाद आचार्यलाई दुई मतले पराजित गर्दै पार्टीका प्रदेश सहसंयोजक समेत रहेका ४७ वर्षीय राई निर्वाचित हुनु भएको हो ।

आज भएको निर्वाचनमा राईले २६ मत र आचार्यले २४ मत ल्याएको निर्वाचत समितिका संयोजक चूँडामणि आचार्यले जानकारी दिनु भयो । उहाँका अनुसार ५१ मत खसेकोमा एक मत बदर भएको थियो । निर्वाचन समितिले राईलाई आज नै विजयी घोषित गर्दै प्रमाणपत्र प्रदान गरेको छ । संसदीय दलको नेता निर्वाचित भएसंगै राई प्रदेशको मुख्य मन्त्री बन्ने निश्चित भएको छ । ९३ जना सांसद रहेको यो प्रदेशमा ५१ सांसद सहित एमालेको बहुमत छ । एमाले भित्र राई पार्टी अध्यक्ष केपी शर्मा ओली र आचार्य बरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षधर मानिनु हुन्छ । संसदीय दलको नेता चयनमा सहमतिको पटकपटकको प्रयास सफल हुन नसकेपछि निर्वाचन गरिएको थियो । संसदीय दलको नेतामा दावी गर्दै आएका एमाले केन्द्रीय सदस्य जीवन घिमिरे पछि हटेपछि राई र आचार्यबीच भीडन्त भएको हो । जसमा राई बाजी मार्न सफल हुनु भयो ।

जिल्ला समन्वय समितिको कार्यालयमा निर्वाचन गरिएको थियो । निर्वाचन स्थल बाहिर परिणाम सुन्न र विजयी भएकालाई बधाई दिनका लागि एमाले समर्थक, शुभचिन्तक र अन्य दलका नेता कार्यकर्ताको भीड लागेको थियो । संसदीय दलको नेताका लागि राईको उम्मेदवारीमा प्रस्तावक एमाले केन्द्रीय सदस्य सुनसरीका जगदीश कुसियत र समर्थकमा केन्द्रीय सदस्य झापाका हिक्मत कार्की रहनु भएको थियो । आचार्यको समर्थक र प्रस्तावकमा पाँचथरका गणेश काङवाङ र संखुवासभाका तुलसी न्यौपाने रहनु भएको थियो । राई भोजपुर ‘ख’ बाट प्रदेश सभा निर्वाचनमा विजयी भएका हुन् भने आचार्य सुनसरी १ ‘ख’ बाट विजयी बन्नु भएको हो ।

विजयी भएपछि राईले आफू मुख्य मन्त्री बन्ने निश्चित भएको भन्दै निर्वाचनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिनु भयो । उहाँले प्रदेश सरकार गठन प्रक्रियालाई तत्काल अघि बढाइने र ढिलोमा फागुन २ गते भित्रमा प्रदेश सरकार गठन गरिसकिने जानकारी दिनु भयो । नमुना प्रदेश बनाउनका लागि भ्रष्टाचार नियन्त्रण गर्दै यो प्रदेशमा सुशासन स्थापित गरिने र विकास एवं समृद्धिका लागि सबै ध्यान केन्द्रीत गरिने उहाँको भनाइ छ । उहाँले जनताले गरेको विश्वासमाथि कहिल्यै पनि कुठाराघात नगर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । राईले पार्टीमा अव गुटलाई प्रसय नदिने बताउँदै प्रतिष्पर्धीलाई कहिल्यै पनि फरक र भेदभावको दृष्टिले नहेर्ने बताउनु भयो ।

उहाँले पार्टी भित्रको चुनाव एउटा लोकतान्त्रिक र प्रतिष्पर्धात्मक अभ्यास भएका कारण आफूले अव सबैलाई समेटेर लैजाने र सबैको नेत्रृत्व गरेर अघि बढ्ने जानकारी दिनु भयो । पारजित आचार्यले विजयी भएपछि राईलाई खादा र माला लगाएर बधाई दिंदै कार्यकाल सफलताको शुभकामना पनि दिनु भयो । उहाँले हारलाई स्वीकार गर्दै अव आफू पार्टी राजनीतिमा सक्रिय रहने जानकारी दिनु भयो । संचारकर्मीले सभामुख पद लिन तयार हुनु हुन्छ भनेर सोधेको प्रश्नमा आचार्यले आफू सभामुखमा लोभ नगर्ने बताउनु भयो ।

संसदीय दलको नेतामा दावी गर्दै अन्तिम समयमा आएर पछि हटेका नेता जीवन घिमिरेले संसदीय दलको नेता चयनलाई सहज बनाउन आफूले सहयोग गरेको बताउनु भयो । दुई जनाबीच प्रतिष्पर्धा हुँदा सहज हुने देखेपछि यो निर्णय लिएको उहाँको भनाइ छ ।pharmacy

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३