प्रकाशित : २४ माघ २०७४, बुधबार १७:४३

generic sildenafil, cheap zithromax. विराटनगर, २४ माघ । राष्ट्रियसभा सदस्यका दुई सिटका लागि प्रदेश नं १ मा आज भएको निर्वाचनको मतगणना सम्पन्न भएको छ । दुवै सिटमा एमालेका उम्मेदवार विजयी भएका छन् ।

अल्पसंख्यकमा एमालेका अगमप्रसाद बान्तवा र दलितमा खेम नेपाली विजयी हुनु भएको छ । बान्तवाले ६ हजार १ सय ३८ मत ल्याउनुभयो भने नेपाली काँग्रेसका महेश जाजुले २ हजार ८ सय ९८ मत ल्याउनु भएको छ ।

दलित सिटमा एमालेका नेपालीले ६ हजार २ सय ७२ मत ल्याउनु भयो भने नेपाली काँग्रेसका विन विश्वकर्माले २ हजार ८ सय ३२ मत ल्याउनु भएको सहायक निर्वाचन अधिकृत नवराज दुलालले जानकारी दिनुभयो ।

प्रदेश नं. १ को खुल्ला र महिला सिटका ३/३ जना यसअघि नै निर्वारोध निर्वाचित भएका थिए । खुल्लामा पर्शुराम मेघी गुरुङ, हरिचरण शिवाकोटी, उमेशजंग रायमाझी र महिलामा नैनकला ओझा, विना पोखरेल र सिरता प्रसाई निर्वारोध भएका थिए । राष्ट्रिसभा निर्वाचनमा स्थानीय तहको मतभार १८ थियो भने प्रदेशससभा सदस्यको ४८ रहेको थियो ।

मतदानमा ९९.४५ प्रतिशत मतदान भएको थियो । विहान १० वजेदेखि शुरु भएर दिउँसो ३ वजे सम्पन्न मतदानमा ३ सय ६६ मतदाता मध्ये ३ सय ६४ जनाले मतदान गरेका थिए । प्रदेशसभा सदस्य तर्फ ९३ मध्ये ९२ जना र स्थानीय तह तर्फ २ सय ७३ मध्ये २ सय ७२ जनाले मतदान गरेको सहायक निर्वाचन अधिकृत दुलालले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश तर्फ विष्णु तुम्वाहाम्फे र स्थानीय तहतर्फ मिक्वाखोला गाउँपालिकाकी उपाध्यक्ष रुद्रकुमारी सावाँ मतदानमा सहभागि भएनन् ।

विष्णु तुम्वाहाम्फे संघिय लिम्वुवान राष्ट्रिय मञ्चका तर्फबाट समानुपातिक सांसद हुन भने रुद्रकुमारी साँवा नेपाली काँग्रेसका तर्फबाट मिक्वाखोलाको उपाध्यक्षमा निर्वाचित हुनु भएको थियो ।bentyl

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३