प्रकाशित : २४ माघ २०७४, बुधबार १५:४४

Tadalis SX Soft online, order lioresal. विराटनगर, २४ माघ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज सम्पन्न प्रदेश नं १ को निर्वाचनमा ९९.४५ प्रतिशत मतदान भएको छ ।

विहान १० वजेदेखि शुरु भएर दिउँसो ३ वजे सम्पन्न मतदानमा ३ सय ६६ मतदाता मध्ये ३ सय ६४ जनाले मतदान गरेका छन् । प्रदेशसभा सदस्य तर्फ ९३ मध्ये ९२ जना र स्थानीय तह तर्फ २ सय ७३ मध्ये २ सय ७२ जनाले मतदान गरेको सहायक निर्वाचन अधिकृत नवराज दुलालले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रदेश तर्फ विष्णु तुम्वाहाम्फे र स्थानीय तहतर्फ मिक्वाखोला गाउँपालिकाकी उपाध्यक्ष रुद्रकुमारी सावाँ मतदानमा सहभागि भएनन् । विष्णु तुम्वाहाम्फे संघिय लिम्वुवान राष्ट्रिय मञ्चका तर्फबाट समानुपातिक सांसद हुन भने रुद्रकुमारी साँवा नेपाली काँग्रेसका तर्फबाट मिक्वाखोलाको उपाध्यक्षमा निर्वाचित हुनु भएको थियो । दुवै मतदाता ताप्लेजुङका हुन । मतदान सम्पन्न भएलगत्तै मतगणना शुरु गरिएको छ ।

अन्तिम मत परिणाम साँझ ६ वजे भित्र घोषणा गरिने भएको छ । क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले निर्वाचन सम्पन्न भएको ३ घण्टाभित्रमा अन्तिम मत परिणाम सार्वजनिक गरिने बताउनुभयो । प्रदेश नं १ मा बहुमतिय प्रणालीको सिटका लागि मात्र मतदान भएको छ । दलित र अल्पसंख्यक सिटका लागि मात्र मतदान भएको हो ।

बहुमतिय प्रणाली अन्र्तगत भएकाले पहिलो हुने नै निर्वाचित हुने छ । प्रदेश नं १ मा दलितबाट बाम गठबन्धनको तर्फबाट एमालेका खेम नेपाली र नेपाली काँग्रेसका बिन विश्वकर्मा तथा अल्पसंख्यकमा एमालेका अगमप्रसाद बान्तवा र नेपाली काँग्रेसका महेश जाजु चुनावी प्रतिष्पर्धामा हुनुहुन्छ ।sildalis

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३