प्रकाशित : २३ माघ २०७४, मंगलवार १८:३९

विराटनगर, २३ माघ । Malegra FXT for sale, buy lioresal. प्रदेश नम्बर १ मा भोली हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि एमाले र माओवादी केन्द्र सम्मिलित बाम गठबन्धनले ह्वीप जारी गरेको छ ।

गठबन्धनले आफ्ना उम्मेदवारका पक्षमा आज ह्वीप जारी गरेको हो । विराटनगरको पाञ्चाली स्थित एमाले पार्टी कार्यालयमा अभिमुखिकरण एवं प्रशिक्षण नाम दिएर आयोजित कार्यक्रममा एमाले र माओवादी केन्द्रका नेताहरुले गठबन्धनका उम्मेदवारलाई मत हाल्न निर्देशन दिए ।

कार्यक्रममा एमाले र माओवादीबाट विजयी बनेका प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुको सहभागिता रहेको थियो ।

उनीहरु नै राष्ट्रिय सभाका मतदाता हुन् । कार्यक्रममा उपस्थित प्रदेशसभा सदस्य एवं स्थानीय तहका प्रमुख र उपप्रमुखलाई एमालेका प्रदेश इन्चार्ज एवं पार्टी सचिव भीमप्रसाद आचार्यले भन्नु भयो, ‘निर्वाचनमा गठबन्धन उम्मेदवारलाई भोट हाल्नका लागि ह्वीप जारी गरिन्छ । यसलाई सबैले पालना गर्नु हुन अनुरोध छ ।’

नेताहरुले गठबन्धन बाहिर गएर अन्य पार्टीका उम्मेदवारलाई मत दिएको, सहयोग गरेको र विपक्षीका पक्षमा लविङ गरेको पाइएमा कारवाही गरिने चेतावनी पनि दिए । उनीहरुले जसरी भए पनि आफ्ना उम्मेदवारलाई विजयी गराउन भूमिका खेल्नु पर्ने निर्देशन दिए ।

कार्यक्रममा नेता आचार्य, एमाले सचिव योगेश भट्राई, माओवादीका प्रदेश संयोजक सावित्रिकुमार काफ्ले, एमाले नेताहरु शेरधन राई, भानुभक्त ढकाल, लालवावु पण्डित, हिक्मत कार्की लगायत उपस्थित हुनु हुन्थ्यो । नेताहरुले राष्ट्रिय सभा सदस्य निर्वाचनमा मत हाल्ने तरिकाका बारेमा पनि सिकाए ।cialis jelly

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३