प्रकाशित : २२ माघ २०७४, सोमबार १८:४४

विराटनगर, २२ माघ । Brand Viagra buy online, lioresal reviews. प्रदेश नम्बर १ को पहिलो संसद बैठक आज करिब पौने घण्टासम्म बसेर स्थगित भएको छ । पहिलो संसद बैठकमा बोल्दै सांसदहरुले यो प्रदेशलाई सबैले एकजुट भएर समृद्ध बनाउनुपर्नेमा जोड दिएका छन् ।

बैठकमा बोल्दै नेकपा एमालेका सांसद भीमप्रसाद आचार्यले प्रदेश १ लाई समृद्ध बनाउन सत्ता र प्रतिपक्ष नभनी सबैजना मिलेर अघि बढ्नुपर्नेमा जोड दिनु भयो । नेपाली कांग्रेस, माओवादी केन्द्र र अन्य मधेसवादी दलका सांसदहरुले पनि अबको ध्यान प्रदेशको समृद्धितर्फ केन्द्रित हुनुपर्ने बताएका थिए । निर्धारित समय भन्दा २० मिनेट ढिलो गरेर सुरु भएको प्रदेश संसद बैठकको अध्यक्षता ज्येष्ठ सदस्य ओमप्रकाश सरावगीले गर्नु भएको थियो ।

सरवागी कांग्रेसबाट समानुपातिकतर्फ प्रदेश सांसद बन्नु भएको हो । विराटनगरस्थित जिल्ला समन्वय समिति मोरङको भवनमा बसेको यो बैठकले माघ २९ गते सभामुख र उपसभामुखको निर्वाचन गर्ने निर्णय गरेको छ । सुरुमा प्रदेश प्रमुख गोविन्द सुब्बाले संसद बैठक सुरु गर्न पठाएको पत्र सरावगीले पढेर सुनाउनु भएको थियो । आजको बैठकले माघ २९ गते सभामुख र उपसभामुखको निर्वाचन गर्ने निर्णय गरेको छ । त्यसैगरी प्रदेश सभा कार्यसञ्चाल अन्तरिम कार्य विधि पनि पारित गरेको छ ।

तेस्रो निर्णय सहसचिव धु्रब घिमिरेलाई संघीय संसद सचिवालय सचिवको अख्तियारी पनि बैठकले दिएको छ । प्रदेश १ मा ९३ जना सांसद रहेका छन् । प्रदेश सभामा एमालेबाट ५१, कांग्रेस २१, माओवादी केन्द्र १६, संघीय समाजवादी फोरम ३, राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट १–१जना सांसद छन् ।farmacia

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३